Subscribe Us

नक्कली बिल देखाएर टोयोटा रस कार नेपाल भित्रियो,
लाखौं रुपैंया भन्सार छली गरी भन्सारको हाकिमले गरे भाग शान्ती

काठमाडौं पहिलो पटक नेपाल भित्रिएको टोयोटा रस कारको नक्कली बिल बनाई राजस्व छली गरिएको खुलासा भएको छ । २०६५ सालमा मर्इसयु कम्पनी प्राली ले नेपाल भित्र्याएको बा ७ च २१०० नम्बरको निजी कार ल्याउदा खरिद गरिएको न्यून बिल पेश गरेर लाखौं रुपैंया राजस्व छलि गरिएको हो । 

 तत्कालीन समयमा २० लाख  जापानी यन  भन्दा बढि पर्ने सो कारको १० लाख रुपैयाँको बिल पेश गरी सोही रकम बराबरको मात्र राजस्व तिरिएको हो । 

यदि वास्तवीक मूल्य पेश गरिएको भए उक्त कारको राजस्व ३८ लाख नेपाली रुपैंया सरकालाई राजश्व बुजाउनु पर्ने हुथ्यो ।  कम्पनीले तत्कालीन वीरगन्ज भन्सार प्रमुख केबल भण्डारीलाई आर्थिक प्रलोभनमा पारी जम्मा १६ लाख रुपैँया मात्र राजश्व तिरेको खुलासा भएको हो ।

जापानी नागरिक हिरोताका कुमानो संचालक रहेको सो कम्पनीले सजिलै थाह पाउन सकिने सवारी साधनको मूल्यमा न्युन विजकीकरण गरि राजस्व छल्दा पनि तत्कालिन विरगन्ज भन्सार प्रमुख केवल भण्डारी मौन रहेको हुँदा  त्यस घटनामा उनको पनि संलग्नता रहेको स्रोतको दाबी छ ।

 मेसयु कम्पनीको माध्यमबाट हाउजिङ व्यबसाय गर्न नेपाल छिरेका हिरोताका कुमानोले यसका अलवा अन्य थुप्रै कानुन बर्जित कृयाकलापहरु गर्दै आईरहेको पनि स्रोतले खुलासा गरेको छ । यद्यपी नियामक निकायले भने उनि माथी हालसम्म कारबाही गर्नसकेको छैन । 

नेपाली नागरिक संगको साझेदारीमा मेसयु कम्पनी सञ्चालन गरी नेपालमा रहँदै आएका उनि विरुद्ध कम्पनी नियमावली तथा विधान विपरीत एकल अधिकार प्रयोग गरी कम्पनी साझेदारहरुको किर्ते हस्ताक्षर गरी कम्पनीको नाममा रहेको जग्गा बिक्री गरेको अभियोगमा पुनरावेदन अदालतमा मुद्दा विचाराधिन छ । यो संगै १२र१३ लाख रुपैयाँ प्रति आना बिक्री गरिएको जग्गालाई मालपोतमा पास गर्दा ३ लाख रुपैयाँ प्रतिआना देखाई राजस्व छली गरेको अभियोग पनि खेपिरहेका छन् । उनले नेपालमा जग्गा प्लटीङ्ग गरी बिक्री गरिरहेका छन् , जबकि नेपालको कानुनले विदेशी नागरिकले जग्गा प्लटिङ्ग गरि बेच्न नपाउने व्यवस्था गरेको छ ।

 यसरी विदेशी नागरिकले केहि लाख रुपैँया लगानी गरेकै भरमा राज्यको निति,नियम तथा ऐन कानुनको धज्जी उडाइहँदा पनि अख्तियार दुरुपयोग आयोग,राजस्व,मालपोत कार्यलय ,प्रहरी प्रशासन लगायतका नियामक निकाय भने मुकदर्शक बनिरहेका छन् ।  नियम बिपरित कार्य गर्ने यस्ता विदेशी नागरिकहरुको संख्या पछिल्ला दिनमा बढ्दै गएपनि सम्बन्धित  निकायका नियामकहरुको आर्थिक प्रलोभनका कारण उनिहरुले खुलेआम गैरकानुनी काम गरेर पनि उन्मुक्ति पाईरहेका छन् । 

हिरोता कुमानोलाई राजस्व छली तथा गैरकानुनी ढंगबाट घरजग्गा कारोबार गरेकोमा राज्यले कारबाही गर्नसकेको छैन नै अझ यो भन्दा पनि लाचारीपन त पुनराबेदन अदालतका तत्कालिन रजिष्ट्रार कृष्ण गिरीमाथी हातपात गरी कार्यलका टैबल दराज लगायतका भोतिक सामाग्रीहरुमा क्षति पुर्याउदा समेत खासै कारबाही हुन सकेन । सो  घटनाको केहि समयपछि तिनै कुमानोलाई उनकै कार्यलयमा खाना पकाउन राखिएकी एक नेपाली महिलालाई कुटपिट गरेको आरोपमा महिला प्रहरी सेल कालीमाटीले पक्राउ गरेपनि सामन्य जरिबाना तिर्राई फुकुवा गरिदिएको थियो । 

यसरी क्रमैसंग कानुन बर्जित क्रियाकलापहरु गरिरहँदा पनि सम्बन्धित निकायले कुनै ठोस कारबाही गर्न नसक्दा उनका गैरकानुनी गतिविधिहरु बढदै गएको स्रोतको भनाई छ । सुरुवातमा सोही कम्पनीमा आवद्ध एक शेयर धनीका अनुसार उनि पछिल्ला दिनमा नेपालमा बसेर गैरकानुनीरुपमा घरजग्गा व्यवसाय गरिरहेका छन् । उनका बिरुद्धमा बारम्बार सम्बन्धित निकायमा उजुरी परेपनि रुपैँयाको बलकै भरमा कारबाहीमा पर्नबाट जौगिदै आएका छन् ।

Post a Comment

0 Comments