Subscribe Us

जेल गए डीएसपी चन्द

काठमाडौं । सञ्चार उद्यमी जमिम शाहको हत्या अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका पूर्ब डीएसपी जगदिश चन्द बुधवार कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले थुनछेक आदेश गर्दै शाहालाई मुद्दा पुर्पक्षको लागी थुनामा राख्ने आदेश गरेसँगै उनलाई केन्द्रिय कारागार कार्यालय सुनथारामा पठाएको अदालतले जनाएको छ । चार दिन अघि पक्राउ परेका शाहको बयान सकियपछि मंगलवार र बुधवार लगातार दुई दिन बहस भएको थियो । 

शाहाको पक्षबाट बरिष्ठ कानून व्यावसायी रमण श्रेष्ठ, प्रकाश राउत लगाएतका कानून व्यावसायीले बहश गरेका थिए । उनिहरुले जमिम हत्यामा चन्दको सगल्न अनुसन्धानको क्रममा सरकारी पक्षले पुष्टि गर्न नसकेको भन्दै धरौंटी लिई तारेखमा राख्न माग गरेका थिए । तर अदालतका न्यायधीस योगेन्द्रप्रसाद साहले पछि प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम हुने नै हुँदा अहिलले लाई थुनामा राख्न भन्दै आदेश गरेको अदालत स्रोतले बताएको छ । चन्दलाई महानगरीय अपराध महाशाखा टेकुले गत शनिवार नयाँबानेश्वरबाट पक्राउ गरेको थियो । 

शाहा हत्यााम चन्दको नाम मुछिएपछि उनि फरार भई भारतको नयाँ दिल्लीमा लुक्दै आएका थिए । नेपाल आएको सुचना पाएपछि महाशाखाको टोलीले उनलाई पक्राउ गर्न सफल भएको थियो ।  २०६६ माघ २४ गते लाजीम्पाटमा गोली हानेर साहको हत्या भएको थियो । नक्कली सर्टिफिकेट कान्डमा मुछिएपछी निलम्बनमा परेका चन्द्रले शाहालाई सुट गर्ने सुटरसँग फोन सम्पर्क र घर भाडामा दिएको प्रहरी अनुसन्धानबाट खुलासा भएको थियो ।

डिएसपी चन्द भने घटनाको करिब एक महिनापछी मात्र फरार भएका थिए । जमिम हत्याको भोलिपल्ट हत्यामा संलग्न देखिएका त्रिलोकसंग चन्दको सम्पर्क खुलेपनी प्रहरीले उनलाई पक्राउ गरेको थिएन । प्रहरीले उनलाई अनुसन्धानको दायरामा समेत नल्याई फागुन १८ गते भाग्न सहयोग पुर्याएको आरोपसमेत लागेको थियो । चन्द भागेपछी काठमाडौं परिसरका तत्कालीन प्रमुख गणेश केसी र महानगरिय प्रहरी अपराध महाशाखाका तत्कालीन प्रमुख रणबहादुर चन्द विवादमा तानिएका थिए ।
 
जमिम हत्या जाँचबुझका लागी गठन गरिएको उच्चस्तरिय आयोगले जगशिदलाई प्रहरीको मिलेमतोमा भगाएको ठहर गरेको थियो । तर संलग्नमाथी कुनै कार्वाहीको सिफारिस भनेको गरेको छैन । सो प्रतिवेदन अझै गोप्य नै राखिएको छ । अर्का सहयोगी श्रीकृष्ण पौडेल पनि अहिलेसम्मपक्राउ परेका छैनन् । चन्दविरुद्ध रेड कर्नर नोटिससमेत जारी भएको थियो । उनलाई वर्षौंसम्म गिरफ्तार पर्न नसक्दा प्रहरीको क्षमता र नियममाथि प्रश्न उठाउने गरिएको थियो । तर, एसएसपी खनालको नेतृत्वमा पुरानो अपराधको घटनामा  महत्वपूर्ण सफलता हात परेको छ

Post a Comment

0 Comments