Subscribe Us

यसरी गराए चेतनको सफाया डन रिगलले,
काठमाडौं बसेर बनाए योजना


काठमाडौं । नेपालगंज युवासंघका सदस्य चेतन मान्धरको हत्याका मुख्य योजनकार गुण्डाका नाईके रिगल ढकालले काठमाडौंमै बसेर चेतनको हत्या गराउन सफल भएको रहस्य खुलासा भएको छ । काठमाडौं स्वयम्भू क्षेत्रमा दुई साता देखी बसेर गुण्डाका नाईके ढकालले गत सोमवार नेपालगंजमा चेतनको हत्या गराउन सफल भएका थिए । आफू काठमाडौंमा भएपछि आरोप आफूमाथी नआउने मास्टर पल्लानिङ गर्दै रिगलले आफ्ना सहयोगी परिचान गरेर चेनतको सफया गराउन सफल भएका हुन् । 

तर तत्काल घटनास्थलबाटै हत्यारालाई प्रहरीले पक्राउ गर्न सफल भएपछि घटनाको मुख्य योजनकार गुण्डाका नाईके रिगल भएको खुलासा भएको हो । प्रहरी अनुसन्धानबाट रिगलको योजनामा हत्या भएको खुलासा भएपछि राजधानीमा रहेका रिगललाई एक भष्ट डिएसपीले खासा पु¥याएको समाचार स्रोतको दाबी छ । रिगललाई पक्राउ गर्न नेपालगंज प्रहरीले देश भर सर्कुलर गरेको छ । 

हत्यामा संलग्न रिगल समूह र मारिएका चेतन मानन्धर दुवै नेपालगंजमा गुण्डागर्दीमै संलग्न समुहका सदस्य हुन् । कुनै समय मान्धर रिगल समूहकै सदस्य थिए । स्रोतका अनुसार १५ बर्ष देखी यो आपराधिक समुहले नेपालगंजमा गुण्डागर्दी गर्दै विभिन्न गैंहकानुनी धन्दामा संलग्न रिगललाई राजनीतिक दलका नेता र प्रहरीकै संरक्षण रहेको आरोप स्थाईनिय सर्बसाधारण र व्यापारीले लगाउँदै आएका छन् । 
 
किन मारिए चेतन ?

कुनै समय रिगल समूहकै सदस्य रहेका चेतनसहित केही व्यक्ति पछिल्लो समय रिगल ग्याङबाट अलग भए चेतनले आफ्नै समुह खडा गरेका थिए । नेपालगंजमा एक ग्याङबाट दुई ग्याङको आपराधिक समुहको जन्म भयो ।
 । रिगलका लागि कुनै समय मरिमेट्ने चेतनसहित, कालु, सानु, मनोज, विकेश लगाएतका व्यक्तिले चेतनको हप्ता असुल्ने ठाउँमा अबरोध पु¥याएर आपैm असुल्न थाले । जुन कुरा रिगललाई सैय भएन ।  यो दौरानमा रिगलले चेतनको समुहलाई थर्काउने, तर्साउने जस्ता क्रियाकलाप गरे । तर संगठित भइसकेको चेतन समूह पछि हटेन । अन्ततः बीचबजारमै फिल्मी शैलीमा मारिए चेतन ।

लामो समयदेखि उनीहरुबीच चलेको टसल २ साता अघि उत्कर्षमा पुगेको थियो । कालापहाड ( मजदुरीका लागि जाने भारतको ठाउँ) जानेहरुका लागि नेपालगंजबाट छुट्ने करिब १ दर्जन बस रिगल कै नेतृत्वमा सञ्चालन हुुदै आएको छ । भारतमा टुर एण्ड ट्राभलमा दर्ता भएका भारतीय बसमा नेपागंजदेखि नै यात्री पठाउँमदा राम्रे आम्दानी हुन्छ । तर कमाईको सबै हिस्सा आफै राख्ने रिगलको व्यवहारप्रति असन्तुष्टि जनाउँदै चेतन लगायतको समूहले विद्रोह गरेको थियो ।

सम्झाउँदा र धम्काउँदा समेत केही नलागेपछि भर्खरै संगठीत हुँदै गरेको चेतनको समूहलाई आक्रमण गरेर ठेगान लगाउने सोंचमा पुगेको थियो रिगल समूह । जसका लागि करिब १० जना बाहिरका ‘गुण्डा’ लाई रिगल समूहले दुई साता अघि नै नेपालगंज झिकाएको थियो । रिगलको योजनामा करिब १४ जना आक्रमणमा संलग्न भएको प्रहरीले जनाएको छ ।  आक्रमण गर्ने ७ जना पक्राउ परेपनि रिगलसहित अन्य फरार रहेको प्रहरीले बताएको छ ।
 
यसरी भयो घटनाको सुरुवात

१५ दिन अगाडि चेतनको समूहले रिगलको बस काउन्टरमा गइ तोडफोड गर्दै लुटपाटको प्रयास गरेका थिए । जसबाट आगो भएका रिगलको समूहले चेतनकै साथी मनोज विकको घरमा तोडफोड गर्दै आक्रमण गरेका थिए । जसको उजुरी दिन मनोजको समुह जिल्ला प्रहरी कार्यालय पुगेको थियो । तर प्रहरीले सार्वजनिक मुद्दा दर्ता गर्न नै मानेन । प्रहरीले सार्वजनिक मद्दा दर्ता गरेर रिगलको समुहलाई पक्राउ गरी कारवाही पक्रिया अगाडी बढाएको भए घटना नै नहुने एकथरीको बुझाई छ ।

 प्रहरीले दुबै समुहका गुण्डालाई पक्राउ गरी कानूनी दायरा ल्याएको भए जघन्य अपराधका घटना हुने थिएन । बस काउन्टरमा चेतन समुहले गरेको तोडफोटको बद्ला लिने रिगल समुहले मिटिङ गर्ने भन्दै चेतनलाई रिगलको समूहले सिद्धार्थ कटेजमा बोलाएर आक्रमण गरेको स्थाईनीयको भनाई छ ।

राजनीतिक आबरणमा गुण्डागर्दी

रिगल बाँके क्षेत्र नम्बर ३ तरुण्ाँ दलका अध्यक्ष हुन् । कांग्रेसको आडभरोसामा उनले बिगत एक दशकदेखी अपराधिक क्रियाकलाप संलग्न हुँदै आएका छन् ।  रिगलको क्रियाकलापको कारण पछिल्लो समय स्थानीय नेतृत्व पनि रुष्ट हुँदै गएका थिए  गुण्डागर्दी गरेर पार्टीको बदनाम गरेको भन्दै स्थानीय नेता–कार्यकर्ताको मनमा रिगल प्रति हितनाबोध जागेको थियो । 

तरुणँ दलको जिल्ला अध्यक्ष त्यो पनि प्रधानमन्त्री एवम् पार्टी सभापतिको गृहजिल्लाको । उनको पद अपराधकर्मलाई दुरुत्साहन गर्ने आधार बन्यो । प्रधानमन्त्री गृहजिल्ला जाँदा वा त्यहाँबाट बाहिरिँदा  हुने स्वागत र विदाइमा अग्रपंक्तिमा देखिने रिगल साँच्चै नै राजनीतिकरुपमा शक्तिशाली हुन् भन्ने प्रहरीलाई भान हुनु अन्यथा पनि होइन । प्रहरीको कमजोरी यही रह्यो जसको फाइदा उठाउँदै रिगलले अपराधकर्म गरिरहे ।

चेतन कांग्रेसको तरुण्ाँ दल, राप्रपा नेपाल हुँदै पछिल्लो पटक एमालेको युवा संघमा आबद्ध थिए ।  एमाले बाँकेले विज्ञप्ती जारी गरेर दोषीलाई पक्राउ र कारवाहीको माग गरेको छ । जसले गर्दा घटनाले राजनीतिक रंग लिने सम्भावना उत्तिकै प्रवल छ ।

Post a Comment

0 Comments