Subscribe Us

सुनले पोलेपछि अमेरीका भाग्ने योजनामा लामा, लुटेको धनमा दाईको नाम

सिन्धुपाल्चोक । जिल्लाको कोदारी क्षेत्रका एक लुटेराले सुन र डलर लुटेको अबैध रकम लुकाउन आन्फतको नाममा करोडौं रुपैंयाको जग्गा खरिद गरी राखेको रहस्य खुलासा भएको छ । लामाको काम छाडेर लुटेरा बनेका सुरेश लामाले आफ्नो दाई सम्देन लामाकोे नाममा माकल बारीमा एक करोड भन्दा बढीको जग्गा लुकाएका हुन ।तिन बर्ष अघिसम्म कोदारी क्षेत्रमा लामाको काम गर्दै हिड्ने सुरेश अहिले लुटपाट गरेर थुपारेको कालो धन लुकाउन लागी परेका छन् ।

 अबैध सामानको क्यारिङ गर्ने सुरेश अहिले तस्करीका सुन र डलर लुटेर राजधानीका आधा दर्जन  भन्दा बढी ठाउँमा  घडेरी खरीद गर्न सफल भएका छन् । उनले लुटेको सुन बाह्बिसेमा सुन पसल राखेर बस्ने सुनिल धमलालाई बिचबिखन गर्ने गरेको स्रोतको दाबी छ । चार महिना अघिमात्र लुटेको  तिन किलो सुन सुरेशले धमलालाई  एक करोडमा बचेका थिए । बजारको मूल्य एक करोड तिस लाख बराबर भएपनि लुटेको सुन भएको कारण धमलाले सस्तोमा चड्काएको स्रोत बताउँछ ।  सुनका क्यारिङवालासंग मिलेर लामाले प्रहरीलाई केहि मात्रामा सुन पक्राउ गराउने र अरु भाग लगाएर खार्दै आएको समेत छन् ।

१० किलो सुन क्यारिङको जिम्मा पाए सुरेशले भरियालाई ४ किलो क्यारिङ गर्न लगाउने र आफै प्रहरीलाई सुचना दिएर पक्राउ गर्ने र सबै सुन भरिया र प्रहरीले खायो भन्दै सुनका मालिकलाई मुुर्गा बनाउदै आएका थिए । पछिल्लो समय अबैध सुनका मालिकले सुरेशको असलि धन्दा थाहापाएपछि उनलाई क्यारिङको जिम्मा दिन छाडेका छन् ।

 सुन तस्करलाई मुर्गा बनाएपछि केहि अबैध सुनका मालिकले सुरेशको ज्यान लिने धम्कि समेत दिएको उनि निकट स्रोत बताउँछ ।  अबैध सुनका मालिकले ज्यानमार्ने धम्कि दिएपछि सुरेश अहिले सिन्धुपाल्चोक छाडेर काठमाडौंमा बस्दै आएका  छन् । तर सुन तस्करीले नछाड्ने भएपछि उनि गैर कानूनी बाटोबाट अमेरीका पलायन हुने लागेको उनि निकट स्रोत बताउँछ ।

Post a Comment

0 Comments