Subscribe Us

दुबइ भन्दै सिरिया पुर्याउने एसके पक्राउ, ४० युबती बिक्री गरेको खुलासा

 काठमाडौं । समयको परिबर्तनसँगै अपराधको शैलीपनि परिबर्तन हुँदै गएकोे छ । दलालहरुले भारतको दिल्लीमा लगेर बेचबिखन गर्ने नेपाली चेलीलाई केहि बर्ष देखी तेस्रो मुलक पुर्याएर बेचबिखन गर्न सफल हुँदै आएका छन् । 

यस्तै अपराधमा संगल्न एक गिरोहका नाईकेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । व्यूरोको अनुसन्धानबाट उनले अहिलेसम्म २५ जना जतिलाई कुबेतमा र १५ जना जतिलाई सिरियामा बिक्री गरेको खुलासा भएको छ । 

 सिरियामा कष्टकर जीवन बिताइरहेकी रेश्मीले समाजिक सञ्जालमार्फत ‘सरकार, म बाच्न चाहन्छु, यो नर्कबाट बचाउनुस्’ भन्दै अपील गरे पछि व्यूरोको अनुसन्धानबाट युवती बेचबिखन गर्ने एसके भन्ने शोभाकान्त भट्राई पक्राउ परेका हो ।  बुटबल घर भएकी रेग्मीलाई शोभाकान्तले दुवई लैजान्छु भन्दै सिरिया पुर्‍याएर बेचेका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शोभाकान्टलाई चाबहिलस्थित कोठाबाट पक्राउ गरेको हो । उनको बोटाबाट युवतीको चार थान राहदानी, पुलिस रिपोर्ट १५ थान र इभिसा २० थान र फोटोहरु बरामद भएको छ ।उनले युवतीहरुलाई बुटबलबाट सुनौली नाका हुँदै भारतको नयाँदिल्ली लगेर खाडी मुलुकहरुमा बेच्ने गरेको थिए ।

प्रहरीका अनुसार शोभाकान्तले रेश्मीसहितका तीन युवतीलाई सुनौली नाका हुँदै दिल्लीको महिपालपुर पुर्‍याएका थिए । त्यहाँ झण्डै १५ दिन राखेर दुवई हुँदै सिरिया पठाएको सीआईबीको अनुसन्धानबाट खुलेको छ । उनको कुनै म्यानपावर कम्पनी छैन भने बैदेशिक रोजगारीका लागि मानिसहरु विदेश पठाउन इजाजत पत्र समेत नलिएको पाइएको छ ।

Post a Comment

0 Comments