Subscribe Us

सशस्त्रका सुराकी हतियारका कारोबारी
प्रहरीले १० बर्ष अघि गर्ने धन्दा सशस्त्र अहिले गर्दै

काठमाडौं । सशस्त्र प्रहरीलाई सुचना दिएर हतियार पक्राउ गराउन सहयोग गर्ने सुराकी नै हतियारको कारोबारी भएको पुष्टि भएको छ । शसस्त्रका सुराकी भनिएका बिनोद कट्टेललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाप्त प्रमाणको आधारमा मुद्दाको पुर्पक्ष गर्दै गत सोमवार थुनामा राख्ने आदेश दिएपछि कट्टेल हातहतियारको कारोबारी भएको पुष्टि भएको हो ।  

२७ जेठमा शसस्त्र प्रहरीले नयाँ बसपार्कबाट कटुवा पेस्तोलसहित बुद्धिसिंह गुरुङलाई पक्राउ गरी नेपाल प्रहरीलाई थप अनुसन्धानको लागी बुझाएको थियो । पक्राउ परेका गुरुङलाई नेपाल प्रहरीले अनुसन्धान गर्दा उक्त हतियार पूर्ब माओबादी लडाकु समेत रहेका बिनोद कट्टेलको भएको अनुसन्धानबाट खुलासा भएपछि महानगरीय प्रहरी बृत्त  माहाराजगंजले कट्टेलाई हिरासतमा लिएको थियो । 

पक्राउ परेका गुरुङले बयानको क्रममा उक्त हतियार कट्टेलकै भएको दाबी गरेपछि अनुसन्धानमा खटिएका प्रहरी निरक्षक कृष्ण चन्दले कट्टेललाई सोधपुछकोे लागी फोनबाट बृत्तमा बोलाएका थिए । तर शसस्त्रका सुराकी कट्टेलले प्रहरीलाई अनुसन्धानमा असहयोग पु¥याउँदै शसस्त्रको व्यारेकमा लुक्न थाल । एक सातासम्म पनि प्रहरीले बोलाउँदा उनि नआएपछि प्रहरीले उनको पिछा गरेका थियो । प्रहरीले शसस्त्रको व्यारेकमा लुकेको सुचना पाएपछि उनी बाहिर निस्कने बाटो कुरेर बसेको बेलामा उनलाई पक्राउ गर्न सफल भएको हो । 

हतियारको सुराकी कट्टेल प्रहरीले बोलाउँदा भागेर शसस्त्रको व्यारेकमा लुक्नाले उनि आफै हतियारको कारोबारी भएको पुष्टि हुने अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् । उनि भन्छन, स्वछ मनबाट प्रहरीलाई सहयोग गरेको भए भाग्न आबाश्यक नै छैन । सुराकी कट्टेलाई नेपाल प्रहरीले पक्राउ गरेपछि सशस्त्र प्रहरीका केही अधिकृत र अनुसन्धानमा खटिएका नेपाल प्रहरीका केहि अधिकृत बिच फोनमा चर्काचर्की परेको स्रोत बताउँछ । सशस्त्रले आफ्नो सुराकीलाई नियतबस प्रहरीले फसाएको आरोप लगाएको थियो । 

तर प्रहरी अनुसन्धानमा पक्राउ परेका भनिएका गुरुङले उक्त हतियार उनै सुराकी भनिएका कट्टेलले आफुलाई ५० हजारमा धरौंटी राखेको र पैसा लिन हतियारसहित बोलाएर सशस्त्रलाई जिम्मा लगाएकोे बयान दिएपछि प्रहरीले कट्टेललाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा तानिएका कट्टेललाई पनि हातहतियारको मुद्दा हर्ने निकाय जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुक्रवार थुनछेक आदेश गर्दै थुनामा राख्ने आदेश दिएपछि सशस्त्र प्रहरीमा खैलाबैला मच्चिएको छ । 

आदेशमा भनिएको छ, ‘यि प्रतिबादीलाई अहिले नै कसुरदार हाईन भन्न सकिएन, पछि प्रमाण बुझ्दै जाँदा ठहर भए बमोजिम हुनी नै हुँदा अहिलेलाई मुद्दा पुर्पक्ष गर्न कारागारा चलाल गर्नु ।’ उता शसस्त्र प्रहरी र नेपाल प्रहरीबिच पक्राउ पुर्जीको बिषयलाई लिएर विवाद चलिरहेको बेला यो घटनाले झन शसस्त्रको बिश्वास प्रति आशंका उब्जिएको छ । सशस्त्रले आपराधिक गतिबिधी रोग्न आफू सक्षम भएको पुष्टि गर्न उक्त हतियार पक्राउ गरेको नाटक गरेपनि यर्थात भने उजागर हुँदै गएको प्रहरी अधिकारी बताउँछन् । 

नेपाल प्रहरीका केही अधिकृतले हाकिमलाई काम देखाउन यस्तो धन्दा १० बर्ष अगाडी गर्ने गरेको नेपाल प्रहरीका एक अधिकारी बताउँछन् । कुनै समयमा प्रहरी आफैले पैसा दिएर हतियार किन्न पठाउँने र पक्राउ गरेको नाटक गर्ने गर्थे । अहिले त्यहि सिको काम देखाउन शसस्त्र प्रहरीले गर्दै आएको छ ।

Post a Comment

0 Comments