Subscribe Us

रोकिएन सामुहिक बलात्कार, फेरी अर्को युवती यौन पिचासुकोे शिकारमा

काभ्रो । काभ्रेमा अर्को एउटा सामुहिक बलात्कारको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सामुहिक बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरेपछि यो घटना बाहिर आएको हो । प्रहरीले २५ वर्षिय महिलामाथि सामुहिक बलात्कारको आरोपमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका–४ बस्ने २९ वर्षिय हर्कबहादुर श्रेष्ठ र रामेछाप जिल्ला बाम्तीभण्डार–३ घरभई हाल काभ्रेको बनेपा बस्दै आएका २१ वर्षिय आकाश बस्नेतलाई पक्राउ गरेको छ ।

२५ बर्षीया एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोप छ । उनीहरुले अस्तिराती पनौती नगपालिका–१० स्थित ओमडाँडाँ सामुदायिक बनमा लगेर बलात्कार गरेका थिए । काठमाडौँबाट पनौतीमा रहेको निर्माण समाग्री घोल्ने मिक्सचर लिनका लागि आएका श्रेष्ठ र बस्नेतले बनेपाबाट ती महिलालाई ट्याक्टरमा राखी पनौतीमा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । 

आइतबार बिहान करिब साढे २ बजेतिर पनौती प्रहरी चौकीको प्राङगण हुँदै हिडेकी महिलालाई रोक्दै रातिको समयमा कहाँ गएर आएको भन्दै प्रहरीले सोधपुछ गरेपछि ती महिलाले आफु बलात्कृत भएको बताएकी थिईन् । महिलाले आफु बलात्कृत भएको भन्दै प्रहरीले बताएपछि महिलाले दिएको हुलियाका आधारमा श्रेष्ठ र बस्नेतलाई ट्याक्टरमा बसिरहेको अवस्थामा पनौती बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महिला आफुमाथि उनीहरुले बलात्कारको गरेको बताएपनि श्रेष्ठ र बस्नेतले भने अस्विकार गर्दै आएका छन् । घटनाको सत्यतथ्यका लागि महिलाको स्वास्थ्य परिक्षणका साथै घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत बैशाख २२ गते राति पनि काठमाडौँबाट सिन्धुपाल्चोकको साँगाचोक घर जान हिडेकी युवतीलाई डिआई गाडीबाट सिन्धुपाल्चोक पु¥याइदिने भन्दै पनौतीस्थित गोरखनाथ सामुदायिक बनमा लगेर चार जना युवाले सामुहिक बलात्कार गरेका थिए । पछिल्ला केहि वर्ष यता काभ्रेमा सामुहिक बलात्कारका घटनाहरु बढ्दै गएका छन् ।

Post a Comment

0 Comments