Subscribe Us

थापाले मर्यादा बिर्सिएपछि

काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले पैसाका लागि जे पनि गर्छन् भन्ने कुरा प्रष्ट भएको छ । धेरै पैसा आउने गुण्डाहरुको मुद्दालाई प्राथमिकताका साथ हेर्ने उनले हालै पदीय मर्यादाविपरीतको काम गरेपछि उनीमाथि प्रश्न उठेको छ ।

 थापाले वादी र प्रतिवादी दुवैको पक्षमा एउटै मुद्दामा बहस गरेर न्यायलयका कर्मचारीलाई अचम्ममा पारेका छन् । जून विषयमा नेपाल बार काउन्सिलले उनीमाथि छानबिन थालेको छ 

।   गेहेन्द्रमान सिंह र हंसमान सिंह भएको ‘गाह्रो भत्काई खिचोला मेटाई पाउ“’ं भन्ने मुद्दामा उनले दुवै तर्फबाट बहस गरेका हुन् ।

बादी कृष्णमान सिंह र प्रतिबादी गेहेन्द्रमान सिंह भएको हक कायम दर्ता नामसारी मुद्दा   २०६५ सालमा दायर भएको थियो । यस्तै बादी कृष्णमान सिंह र प्रतिबादी हंसमान सिंह भएको हक कायम दर्ता नामसारी सम्बन्धि अर्काे मुद्दा  त्यहीबेला  दायर भएको थियो । उक्त मुद्दामा बादी कृष्णमान सिंहको तर्फबाट अधिबक्ता शम्भु थापा र लोक भक्त राणाले बहस गरेको युनाईटेड पोष्टले उल्लेख गरेको छ ।

हंसमान सिंह, गेहेन्द्रमान सिंह र कृष्णमान सिंह बीच मिति २०२१ साल कात्तिक २७ गतेको वण्डाबाट विभिन्न सम्पत्तिहरु वण्डा गर्ने क्रममा कहिले प्रतिवादी हंसमान सिंह र बादी गेहेन्द्रमान सिंह बीच गाह्रो भत्काई खिचोला मेटाई पाउं भन्ने मुद्दा दायर भएको त कहिले बादी कृष्णमान सिंह र प्रतिबादीहरु हंसमान सिंह र गेहेन्द्रमान ंिसंह बीच हक कायम दर्ता नामसारी मुद्दा दायर भएको थियो।

त्यस्तै हक कायम दर्ता नामसारी मुद्दामा निजले गेहेन्द्रमान सिंहको विपक्षमा बहस गरेका थिए । यसरी एउटै अधिवक्ताले एउटै इजलासमा कहिले गेहेन्द्रमान सिंहको तर्फबाट त कहिले गेहेन्द्रमान ंिंसंहको विपक्ष तर्फबाट वहस गरेपछि धेरै वकिलहरुले आश्चर्य व्यक्त गरेका छन् । बहसको वेला इजलासमा स्वीकृति लिएर यो कु®ा राजेश्वरमान सिंहले उठाएका थिए । तर अहिले सम्म केहि काÂबाहि भएको छैन । उनले  प्रष्ट रुपमा देखिंदा देखिदै कानुन व्यवसायीको आचार संहिता विपरीत वहस गर्ने काम गरेको सर्वाेच्चका एक कर्मचारी बताउ“छन् ।

जुन प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको ती कर्मचारीको भनाई छ । तसर्थ प्रतिवादीत आचार संहिता पालना नगरी केही अँर्थिक लाभको लागि वहस गर्ने अधिबत्ताको ईजाजत चांडो भन्दा चांडो खारेज गरी स्वच्छ न्याय प्रदान गरी र सर्वसाधारणलाई न्याय प्रणालीको  विकास गर्न भन्दै रमेशमान सिंह, शक्तिमान सिंह, योगेश्वरमान सिंह, प्रकाशमान सिंह, महेशमान सिंह, राजेश्वरमान सिंह र अनन्तमान सिंहले बार काउन्सिलमा उजुरी दिएका छन् ।

Post a Comment

0 Comments