Subscribe Us

भागेका भनेका गुण्डा सन्की त छुटेका पो रहेछन्

काठमाडौं । महानगरीय अपराध महाशाखा टेकुले गत शनिवार गोली प्रहार गरी नियन्त्रमा लिएका सन्की भन्ने रावणजीत तामाङ नाटकिय ढंगलबाट जेल मुक्त भएको रहस्य खुलासा भएको छ । 
पक्राउ परेका सन्कीलाई प्रहरीले बाँकी कैद भुक्तान गर्न कारागार चलान गर्न क्रममा उक्त रहस्य खुलासा भएको हो । कारागारमा उनको कैद चोरी मुद्दा पक्राउ परेका राजकुमार  तामाङले काटिरहेको भेटिएपछि प्रहरी नै चकित परेको थियो । 

 । अनुसन्धानको क्रममा  अर्का राजकुमार चोरीको मुद्दामा अदालतले तोकेको ७५ हजार  जरिवाना तिर्न नसकेर थुनामा परेका थिए । उनै राजकुमार तामाङको धरौंटी बुजाएर सन्की फिल्मी शैलीबाट जेलमुक्त भएको प्रहरी अनुसन्धानबाट खुलासा भएका हो । पक्राउ पर्ने बेलासम्म सन्की गत बैशाख १२ गते गएको भूकम्पले सिन्धुपाल्चोक कारागार दहस नहस भएपछि फरार भएको अनुमान प्रहरीले लगाएको थियो ।  अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले  ‘सिन्धुपाल्चोक कारागार चलान भएको ९ दिनमा चोरी मुद्दाको थुनुवाको थुनुवा पुर्जी लिएर सन्की छुटेको पुष्टि गरे । 

 सन्कीलाई  शनिबार बिहान पौने २ बजे सुन्धारास्थित बेबीलोन डिस्कोबाट पक्राउ गरीएको थियो ।  काभ्रे नारायणस्थान गाविस ९ घर भएका रावणजीतलाई जिल्ला अदालत काठमाडौंले लागू औषध मुद्दामा १५ माघ ०६९ मा १० वर्षको सजायँ हुने फैसाला सुनाएको थियो ।

प्रहरीका अनुसार रावणजीत ०६९ को वैशाख २१ गते पुर्पक्षका डिल्लीबजार कारागार चलान भएका थिए ।  त्यसको ६ दिनपछि मोटरसाइकल चोरीमा मुद्दामा ७५ हजार जरिवाना तिर्न नसकेपछि नुवाकोट काउलेका कुमार भन्ने राजकुमार तामाङ पनि डिल्लीबजार कारागार पुगे ।

कारगारमा रावणजीत र राजकुमार नजिकिए र एक अर्काको कैद सजायँ ढाँटेर भोग्ने सल्लाह गरे । उनीहरु ११ फागुन ०६९ मा सिन्धुपाल्चोक जिल्ला कारागार चौतारा चलान भए । बाटोमा उनीहरुले पूर्जी साटे र चौतारा पुगेको ९ दिनपछि रावणजीत राजकुमार बनेर ६४ हजार १५० तिरेर जेलबाट छुटे ।

राजकुमार चाँहि रावणजीत बनेर जेलमै बसे । रावणजीतका नाममा राजकुमार अहिले पनि कैद सजायँ भुक्तान गरिरहेका छन् । वैशाख १२ को भूकम्पले चौतारा कारागार भत्किएपछि अन्य कैदीहरुसँगै भागेका राजकुमार काठमाडौं आए र उनको भेट रावणजीतसँग भयो । तर, उनले राजकुमारलाई मुद्दा मिलाएर छुटाउँछु भन्दै फेरि कारागार पठाए ।

वैशाख ३१ मा भीमफेदी पुगेका राजकुमारले रावणजीत मै हुँ भन्दै कैद सजायँ भुक्तान गरिरहेका छन् । कैद बसेवापत उचित रकम दिने र मुद्दा पुनरावलोकन गरी छुटाउने आश्वासन पाएपछि राजकुमार रावणजीत बनेर जेलमा बस्न तयार भएकोे प्रहरी अनुसन्धानले देखाएको छ ।

एक व्यक्तिको नाममा अर्को व्यक्ति जेलबाट छुटेको थाहा पाएपछि अपराध महाशाखाले सम्वन्धित निकायलाई छानविनको आग्रह गरेको छ । प्रहरी स्रोतका अनुसार यसमा कारागार व्यवस्थापनको समेत संलग्नता हुन सक्छ । कैदी दुबै सिन्धुपाल्चोकका होइनन् र अपराध पनि त्यहाँ नभएकाले योजना अनुसार नै कारागार स्थानान्तरण गरिएको आशंका छ । जेलबाट छुटेपछि रावणजीतले गरेको अपराधकर्मबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Post a Comment

0 Comments