Subscribe Us

जापनीज नागरिकले उल्लु बनाए सरकारी कर्मचारी, ३५ लाख राजश्वछली गरी रस कार काठमाडौंमा

काठमाडौं । पहिलोपटक नेपाल भित्रिएको टोयोटा ‘रस’ कारको नक्कलीे बिल बनाई राजश्वछली गरेको प्रमाण फेला परेको छ । जापानीज मेईसयु कम्पनी प्रालीले नेपाल भित्र्याएको बा ७ च २१०० नम्बरको नीजि कार न्यून बिजकीकरण गरी राजश्वछली गरिएको हो । 

कम्पनीले उक्त कार २०६५ सालमा नेपाल भि¥त्राएको थियो । तत्कालिन समयमा २० लाख जापानी यन भन्दा बढी पर्ने सो कारको मुल्य दश लाख रुपैयाँ मात्र पर्ने बिल बनाइएको छ । सोही अनुसार राजश्व तिरेको पाइएको हो । वास्तबिक मुल्य पेश गरिएको खण्डमा उक्त गाडिको राजश्व मात्र ३८ लाख रुपैया“ नेपाल सरकालाई बुझाउनु पर्ने देखिन्छ । उक्त कम्पनीले तत्कालिन विरगञ्ज भन्सार कार्यालयका प्रमुख केबल भण्डारीलाई आर्थिक प्रलोभनमा पारी १६ लाख रुपैँया मात्र राजश्व तिरेका थिए ।

जापानी नागरिक हिरोताका कुमानो सञ्चालक रहेको सो कम्पनीले सजिलै थाह पाउन सकिने सवारी साधनको मूल्यमा न्यून विजकीकरण गरी राजश्वछली गर्दा समेत भन्सार प्रमुख भण्डारीले कुनै प्रतिक्रिया दिएका थिएनन । यसबाट पनि भण्डारीको मिलेमतो देखिएको एक भन्सार कर्मचारीले बताए । मेसयु कम्पनीको माध्यमबाट नेपालमा हाउजिङ व्यबसाय गर्न नेपाल छिरेका हिरोताका कुमानोले यसका अलवा अन्य थुप्रै कानूनले बर्जित क्रियाकलाप गर्दै आईरहेका छन् ।

 नेपाली नागरिकस“ग साझेदारीमा मेसयु कम्पनी सञ्चालन गरी नेपालमा रहँदै आएका उनीविरुद्ध कम्पनी नियमावली तथा विधान विपरित एकल अधिकार प्रयोगगरी साझेदारहरुको किर्ते हस्ताक्षर गर्दै कम्पनीको नाममा रहेको जग्गा बिक्री गरेको अभियोगको मुद्दा पुनरावेदन अदालतमा विचाराधिन छ । दशौं लाख प्रति आना बिक्री गरिएको जग्गालाई मालपोतमा पास गर्दा ३ लाख रुपैयाँ प्रति आना देखाई त्यहा“ समेत राजश्जछली गरेको अभियोग उनीमाथि छ । नेपालमा जग्गा प्लटिङ्ग गर्दै बिक्री गरिरहेका ती जापानीज नागरिकलाई नेपालको कानूनले जग्गा प्लटिङ्ग गरी बेचबिखन गर्न निषेध गरेको छ ।

विदेशी नागरिकले केही ब्यबसाय गर्ने नाममा केही लाख रुपैया“ गर्दै मुुलुकको नीति, नियम तथा ऐन कानूनको धज्जी उडाउन पाईन्छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजश्व, मालपोत कार्यलय, प्रहरी र प्रशासन लगायतका नियामक निकाय के हेरिरहेका छन् ? नियम बिपरित काम गर्ने विदेशी नागरिकको संख्या पछिल्ला दिनमा ह्वात्तै बढेर गएको छ । तर सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा विदेशीहरु नेपालमा खुलेआम गैरकानुनी काम गरिरहेका छन् । 

 कुमानोले त, पुनरावेदन अदालतका तत्कालिन रजिष्ट्रार कृष्ण गिरीमाथि हातपात गरी कार्यालका दराज नै फुटाएर क्षति पु¥याएका थिए । तीनै कुमानोले उनकै कार्यालयमा खाना पकाउन राखिएकी एक नेपाली महिलालाई कुटपिट गरेको भन्दै महिला प्रहरी सेल कालीमाटीमा उजुरी परेको थियो । कालीमाटीले पक्राउ गरेपनि उनलाई सामन्य जरिबाना गरेर छाडिदिएको थियो । नेपालमा बसेर गैरकानुनी रुपमा घरजग्गाको व्यवसाय गरिरहेका कुमानोलाई नेपालको कानूनले अहिलेसम्म छुन सकेको छैन । उनका बिरुद्धमा पटकपटक सम्बन्धित निकायमा उजुरी परेता पनि कारबाही भने कुनै पनि निकायले गर्न सकेको छैन । 

Post a Comment

0 Comments