Subscribe Us

अपहरणकारी गुप्तालाई जेलरले गरे शनिवार जेल मुक्त

 
काठमाडौ । अपहरण मुद्दामा अदालतले तोकेको कैद भुक्तानी गरी पूर्वमन्त्री श्यामसुन्दर गुप्ता शनिवार जेल मुक्त भएका छन् । नेता त्यसमाथी ठूलै अपहरणकारी भएकै कारण कारागारका जेलरले उनलाई शनिवार भएपनि थुना मुक्त गरी दिए । 

यो सुबिधा अन्य कैदी र बन्दीको हकमा भने लागू हुँदैन । पहुँज र पैसा वाल भने बिदाको दिन तथा कार्यालयपछि पनि छुट्छन । 

कानूनत यो कारागारमा जेलरले कैद भुक्तानी भएको मितीले एक दिनपनि राख्न पाईदैन । तर यो सबैमा लागू हुँदैन गुप्ता जस्ता ठूला अपहरणकारी पैसाको बिटो जेलरलाई दिन सक्ने कैदीले मात्र यो सुबिधा पाउँदै आएका छन् । अदालतबाट पत्र आउन पाँच मिनेट ढिला भएपनि जेलरले अनेक नाटक र बहान गर्ने गरेको स्रोत बताउँछ । जेलरले अपहरणकारी ठहर भएका गुप्तालाई बिदाको दिनपनि थुनामुक्त गरेर कानूनको पालना गरेको छ । गप्तालाई ब्यापारी अपहरण र ज्यानमार्ने उद्योग दुई अभियोग लागेका थिए । 

ज्यानमार्ने उद्योग मुद्दामा सफाई पाएपनि अपहरणमा भने गुप्तालाई अदालतले मिलाएर छुट्न सफल भएको आरोप लागेको छ । उनलाई कम सजाई गरेको भन्दै जिल्ला अदालतका न्यायाधिस माथि समेत छानबिन हुनु पर्ने माग कानून व्यावसायीहरुले राखेको छन् । उता गुप्ताले जेल मुक्त भएपछि पत्रकार सम्मेलन गर्दै  पुनरावेदन अदालतबाट अपराधी ठहर भएमा राजनीति नगर्ने बताएका छन् । 

कानूत जिल्ला अदालतको कैद नै उनको राजनीतिकको अन्त हो । अब उनलाई माथिल्लो अदालतले उक्त अभियोगमा सफाई नदिएको खण्डमा उनले सक्रिय राजनीति गर्न पाउँने छैनन् ।  शनिवार राजधानीको मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन गरी गुप्ताले आफूलाई सुनियोजित रुपमा फसाइएको दाबी गरे । पूर्ण सफाइका लागि आफू पुनरावेदन जाने र पुनरावेदनबाट आफू अपराधी ठहर गरेमा राजनीति नगर्ने स्पष्ट गरे ।

सर्वोच्चबाटै अपराधी ठहर गरिएका ब्यक्तिले मात्रै ६ महिना सक्रिय राजनीतिक गर्न नपाउने कानूनमा उल्लेख भएकाले आफूले् राजनीति गर्न पाउने उनको जिकिर छ । ‘तत्कालीन सरकारका मतियारहरुले मलाई सुनियोजित रुपमा फसाएका हुन्,’ गुप्ताले भने, ‘मधेस र मधेसी जनताप्रति गरिने विभेदको शिकार म भएको छु ।’

उनले आफूलाई प्रहरीले पक्राउ पूर्जीसमेत नदिएर पक्राउ गरेको आरोप लगाए । ‘मेरो जेठो छोराको विवाह भन्दा दुई दिनअघि मलाइ हनुमान ढोका ल्याइयो तर पक्राउ पूर्जीसमेत दिइएन,’ उनले भने, ‘बबनसिंह पक्राउ गर्दा लिखित पक्राउ पूर्जी दिइएको थियो ।’ उनले आफूले ८० लाखको लागि कसैलाई अपहरण गर्नुपर्ने अवस्था नभएको दाबी गरे । आफ्नो एउटा छोरा डाक्टर र अर्को छोरा इन्जिनियर रहेको उल्लेख गर्दै आफू मन्त्री भएको बेला करोडौं रुपैयाँको अफर आउँदासमेत नलिएको दाबी गरे ।

उनले आफ्नो नाममा एक धुर जग्गा समेत नभएको बरु इन्भेष्टमेन्ट बैंकमा ६५ लाखको लोन रहेको उल्लेख गरे । मिडियाले समेत एकतर्फी रुपमा ब्यापारी अपहरण गरेको समाचार संप्रेषण गरेको गुप्ताले गुनासो गरेका थिए । गुप्ता सभासद रहेकैबेला ०६८ माघ २ गते ब्यापारी अपहरण अभियोगमा भैरहवाबाट पक्राउ परेका थिए । ०६२र६३ को जनआन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा गुप्ता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए ।

गुप्तालाई अपहरण तथा शरीर बन्धक मुद्दामा काठमाडौ जिल्ला अदालतले ३ वर्षको कैद र १ लाख जरिवानाको फैसला गरेको थियो । सद्भावना आनन्दीदेवीबाट मन्त्री बनेका गुप्ता जेलमै रहेका बेला उनी अध्यक्ष रहने गरी नेपाल सद्भावना पार्टी (यूनाइटेड) गठन भएको थियो ।
(

Post a Comment

0 Comments