Subscribe Us

लागूऔंषध रहित जिल्ला बनाउँने अभियानमा ललितपूर प्रहरी


 ललितपूर । जिल्लाको बिभिन्न ठाउँम झागिदै गरेको गाँजा खेती नस्ट गर्ने अभियानमा प्रहरी लागेको छ । महानगरीय प्रहरी परिसर लिलितपुरले स्थानीय बासिन्दाको सहयोग लिई जिल्लालाई लागूऔंषध रहित बनाउँन एक साता देखी यो अभियान सञ्चालन गर्दै आएको छ ।


 प्रहरीले बल्खु, सानेपा, कुपण्डोल, ग्वार्को र मंगलबजार क्षेत्रमा हुर्कीदै गरेको गाँजाको झाडी नष्ट गरिसकेको परिसरले जनाएको छ । ललितपुर परिसरको प्रमुख, उप प्रमुख सहितको प्रहरी टोली तथा स्थानीय प्रहरी र स्थानीय बासिन्दाहरुको सक्रियतामा उक्त काम सफल भएको प्रहरीले जनाएको छ ।

 पार्य जसो सार्बजनिक जग्गामा उब्जिएको गाँजा यसका कारोबारीले नै तस्करी गर्ने गरेको प्रहरीको बुजाई रहेको छ । जिल्लाको अरु क्षेत्रमा गाँजा भएको ठाउँ खोजी गर्दै त्यसको फडानी गर्दै जाने परिसरले बताएको छ । 




Post a Comment

0 Comments