Subscribe Us

बुद्धचित्त मालाको बौद्ध क्षेत्रमा अवैध कारोबार,
माला लिन हेलिकोप्टर चार्टर

काठमाडौ काभ्रेको शिखर अम्बोटेबाट प्रहरी र स्थानियको सहयोगमा अवैध रुपमा काठमाडौ भित्रिएको बहुमुल्य बुद्धचित्त मालाको अवैध कारोबार बौद्धको एक गोप्य स्थानमा हुने गरेको छ ।

 शिखर अम्बोटेबाट बुधबार हेलिकोप्टर चार्टर गरेर काठमाडौ भित्रिएको माला सत्यमान भनिने राजु घिसिगले चाईनिज ग्राहकलाई बेच्ने तयारी गरेको यर्थाथ खुलेको हो । 

काठमाडौबाट लुक्लाका लागि चार्टर गरिएको हेलिकोप्टर फर्कदा काभ्रेको शिखर अम्बोटेमा रोकेर अर्कैसँग गरिएको सम्झौताको बोटको माला काठमाडौ भित्रिएको हो । 

बोटको एककरोड पचाँस लाखमा सम्झौता स्थानिय पूर्णसिंह लामासँग गरेपनि घिसिगले काभ्रे प्रहरी प्रमुख पुजा सिंह र स्थानिय राजनीतिक दलका नेताको आडमा काठमाडौमा भित्राएर बेच्न खोजेका हुन । पूर्णसिंह लामाको समुहले प्रहरीलाई जानकारी गराएर न्याय माग्न जिल्ला प्रहरी कार्यालय काभ्रेमा पुगेपनि उपरिक्षक सिंहले उल्टो थर्काएर पठाएको पीडितले बताए । बौद्ध धर्मावलम्बीले मन्त्र जपगर्दा  प्रयोगगर्ने माला केही चिनियाँ ब्यापारीले अवैध रुपमा चिनमा पुर्याएर महँगो बेच्ने गरेका छन । 

बुद्धचित्तको मालाको मुल्य बढेसँगै काभ्रे प्रहरीका लागि रक्तचन्दन पछि ठुलो कमाई दिने धन्दाका रुपमा फस्टाएको छ । यसका साथै उक्त मालाको कारण काभ्रेमा गुण्डागर्दी र लुटपाट व्यापक फस्टाएको छ । तर प्रहरीले गुण्डागर्दी रोग्न भन्दा अबैध कारोबारीसँग मिलोमत्तोे गरेर लुटिएका र चोरीएका मालालाई काठमाडौं भि¥याउन स्कटिङको काम समेत गर्ने गरेको स्रोत बताउँछ । गुण्डासंग प्रहरीको मिलोमतो हुँदा बास्तबिक व्यापारी माला खरिद गर्ने काभ्रे छिर्ने अबस्थामा नभएको पीडित व्यापारीहरु बताउँछन् । जाने बेलामा यहि हो मौका भन्दै काभ्रे प्रहरी प्रमुख सिंहले गुण्डासंग अबैध साठगाँठ गरी अबैध मालाको कारोबारी संग लाखैं रुपैंया असुल्दै आएको स्रोत बताउँछ ।

Post a Comment

0 Comments