Subscribe Us

विद्यार्थी र अभिभावक दुबैले बुझ्न सक्नु पर्दछ

नेपालबाट वर्षेर्नी उच्च शिक्षाका नाममा वर्षेनी अरबौं रकम विदेशिएको छ ।  विद्यार्थीले आफू जान लागेको देश, त्यहाँको शैक्षिक अवस्था, विश्वविद्यालयको अवस्था, त्यहाँको भाषा, संस्कृति, रहनसहन, काम गर्ने समय, कलेज फिलगायतका विषय बुझ्न सकेमा मात्र समस्या भोग्नु पर्दैन । विद्यार्थीले आफूले परामर्श लिएको शैक्षिक संस्थाको बारेमा पनि बुझ्न आवश्यक रहेको बताउनु हुन्छ अप्सन एजुकेशन कन्सलटेन्सी प्रालिका प्रमुख कार्यकारी अधिकृत नविन गौतम । तर पछिल्लो समयमा विभिन्न कारणले कन्सलटेन्सी क्षेत्र नै विवादित बन्दै गएको छ । अप्सनको भावि योजना तथा कन्सलटेन्सी क्षेत्रका समस्या र चुनौती लगायतका विषयमा गौतमसँग अपराध खबरले गरेको कुराकानी :

नविन गौतम, प्रमुख कार्यकारी अधिकृत–अप्सन एजुकेशन कन्सलटेन्सी प्रा. लि.


० अप्सन एजुकेशनको बारेमा बताइदिनुस न ।
– अप्सन एजुकेशन कन्सलटेन्सीको स्थापना सन् २००९ सालमा भएको हो । गुणस्तरिय शैक्षिक परामर्श , विभिन्न भाषा कक्षाहरु सञ्चालन,  उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि तयारी कक्षाहरु सञ्चालन, विदेशस्थित विश्वविद्यालय र शैक्षिक संस्थाहरुमा उच्च शिक्षा अध्ययनका लागि पठाउन पहल, गुणस्तरिय परामर्श सेवा प्रदान तथा विद्यार्थीलाई तालिम प्रदान अप्सनले गर्दै आएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई भिसा, बैंक व्यालेन्सलगायतका विषयमा पनि हामीले परामर्श दिदै आएका छौं ।

० अप्सनबाट विद्यार्थीहरु कहाँ कहाँ जान सक्छन् ?
– अहिले हामीले अष्ट्रेलिया, यूके र न्यूजिल्याण्डमा मात्र विद्यार्थीलाई पठाउँदै आएका छौं ।

० विदेश पुगेका नेपाली विद्यार्थीहरु समस्यामा पर्नुको कारण चाहिं के हो ?
– उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी स्वयम्को अध्ययनको कमीले नै नेपाली विद्यार्थीहरु समस्यामा परेका हुन् । मैले भन्न खोजेको के हो भने विद्यार्थी स्वयम्ले नै आफू जाने देश, त्यहाँको शैक्षिक नीति, भाषा, संस्कृति, रहनसहन, आफू जाने विश्वविद्यालयको अवस्था, त्यहाँ अध्ययन गरिसकेपछि हुने फाइदा लगायतका बारेमा ज्ञान नलिदा नै सबैभन्दा बढी समस्या देखिएको हो ।
अर्को कुरा भनेको विद्यार्थीले म कुन कन्सलटेन्सीबाट विदेश जाँदैछु, त्यसको अवस्था कस्तो छ, त्यसलाई सरकारले स्वीकृती प्रदान गरेको छ कि छैन भन्ने विषयमा विद्यार्थी स्वमय्ले बुझ्नु जरुरी छ ।

० अप्सन एजुकेशनले विद्यार्थीहरुका लागि कस्तो काम गर्दै आएको छ ?
– सर्वप्रथम त हामीले विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्छौं । त्यससँगसँगै उनीहरुलाई कुन विषय अध्ययन गर्दा राम्रो हुन्छ, अध्ययन पश्चात के गर्न सकिन्छ, अध्ययन सकेर नेपाल फर्किएर के गर्न सकिन्छ भन्ने विषयमा पढाइसँगसँग भविश्यको बारेमा पनि परामर्श प्रदान गर्दै आएका छौं । हाम्रो चाहना भनेको कहिल्यै पनि विद्यार्थीहरुले समस्या भोग्नु नपरोस् र नठगिउन भन्ने नै हो ।

० अप्सनको भावि योजना के छ ?
– अप्सनले अब छिट्टै तीनवटा देशमा शाखा कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ । अर्को कुरा भनेको हामीले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी र गुणस्तरिय बनाउँदै लैजाने छौं ।

० सरकारले त जम्मा ४१ वटा कन्सलटेन्सीलाई मात्र स्वीकृती प्रदान गरेको छ नि ?
– हो, सरकारले अहिले ४१ वटा कन्सलटेन्सीलाई मात्र स्वीकृती प्रदान गरेको छ । कानुन पालना गरी मापदण्ड समेत पूरा गरेका कतिपय कन्सलटेन्सीहरु अझै त्यसमा परेका छैनन् । सरकारले अब पुनः अनुगमन गरी मापदण्ड पूरा गरेका कन्सलटेन्सीहरुलाई स्वीकृती प्रदान गर्छ भन्ने मलाई लागेको छ । स्वीकृतीका लागि झण्डै ३५० कन्सलटेन्सीहरुले शिक्षा मन्त्रालयमा आवेदन दिएका छन् । काजगी प्रक्रिया पूरा नगरेकै आधारमा पनि कतिपय कन्सलटेन्सीहरुले स्वीकृती पाएका छैनन् । मलाई जानकारी भएसम्म चाँडै नै अनुगमन गरेर शिक्षा मन्त्रालयले स्वीकृति प्रदान गर्नेछ ।

० पछिल्लो समयमा कन्सलटेन्सी क्षेत्र नै विवादित बन्दै गएका छन् नि ?
– कन्सलटेन्सी क्षेत्र विवादित हुनुको कारण भनेको यस क्षेत्रमा कार्यरत व्यवसायीहरु नै हुन् । त्यसैले यसको सुधारका लागि व्यवसायीहरु आफै जागरुक हुनु जरुरी छ । गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनका लागि व्यवसायीहरुले नै सम्बन्धित निकायलाई सहयोग गर्ने हो भने यस्ता समस्या स्वतः कम हुने देखिन्छ । दर्ता नै नभई सञ्चालन भएका, सरकारले तोके अनुरुपको मापदण्ड तयार गर्न नसकेका कन्सलटेन्सीहरुका कारण नै  समस्या देखिएका हुन् । तर पछिल्लो समयमा शिक्षा मन्त्रालयले चालेको कदमले यस्ता समस्या पूर्ण रुपमा समाधान हुने मैले पाएको छु ।

० नेपाली विद्यार्थीहरु विदेश जानुको कारण के हो ?
– नेपाली विद्यार्थीहरु उच्च शिक्षा सँगसँगै भविश्यको खोजीका लागि विदेश गइरहेका छन् । नेपालको शैक्षिक नीति कमजोर हुनु, समयानुकुल कोर्ष परिमार्जन हुन नसक्नु, अध्ययन पश्चातको भविश्यको ग्यारेन्टी देशको अवस्था स्थिर नहुँदा नै नेपाली विद्यार्थीहरु विदेशिएका हुन् । देशको शैक्षिक अवस्था गुणस्तरिय बनाउन सक्ने हो भने एकातिर दक्ष जनशक्तिलाई नेपालमा नै राख्न सकिन्थ्यो भने अर्कोतिर वार्षिक रुपमा पढाइका लागि भन्दै बाहिरिएको अराबौं रुपैयाँ नेपालमा नै बस्थ्यो जसले देश विकासमा समेत टेवा पुग्थ्यो ।


० उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई के भन्नु हुन्छ ?
– जो विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान चाहनु हुन्छ उहाँले सर्बप्रथम आफू जान लागेको देश, त्यहाँको शैक्षिक अवस्था, विश्वविद्यालयको अवस्था, त्यहाँको भाषा, संस्कृति, रहनसहन, काम गर्ने समय, कलेज फिलगायतका विषय र नेपालमा पनि आफूले परामर्श लिएको शैक्षिक संस्थाको बारेमा बुझ्नु पर्दछ । अहिले भनेको इन्टरनेटको जमाना हो, त्यसैले हरेक कुरा त्यहाँ पाइन्छ । परामर्श प्रदान गर्ने संस्थाले भनेका कुराहरु नै सबै ठीक हुन्छन् र ति सबै नै मान्नु पर्छ भन्ने छैन ।
अफूले पनि अध्ययन गर्नुपर्छ । जसले गर्दा त्यहाँ पुगेर आफूले कुनै पनि किसिमको समस्या भोग्नु नपरोस् । यहाँ जति सजिलो हुन्छ विदेशमा त्यति सजिलो पक्कै हुन्न । त्यसैले यस विषयमा विद्यार्थी मात्र होइन अभिभावकले पनि बुझ्नु आवश्यक छ ।

Post a Comment

0 Comments