Subscribe Us

बिदेश पठाउने नाममा ठग्नेको बिगबिगी

काठमाडौँ । बिरोगगारको सख्या बढेसँगै त्यसको फाईदा उठाएर ठग्ने गिरोहको सख्यापनि दिनहँु बृद्धि हुन थालेको छ । आर्कषक तलबसहित रोजगारको प्रलोभन देखाएर बिरोजगार युवालाई युरोपका बिभिन्न मुलक र अमेरीका पठाईदिने नाममा दिनहुँ दलालहरुले करोडौं रुपैंया ठगी गर्दै आएका छन् । जसका कारण बिरोजगार युवाहरु झन पिडामा बाच्न बाध्य भएका छन् ।

 यस्तो धन्दामा केही मेनपाउर व्यावसायी र शैक्षीक परामर्श दादाकोसमेत संगल्नता खुलासा हुँदै आएको छ । तर नियन्त्रण गर्ने निकाय नेपाल प्रहरीले यस्ता गिरोहको जरा ओखल्न नसक्दा यस्ता गिरोहकोे धन्दा झन फस्टाउँदै गएको छ । प्रहरीले यस्तो गिरोह कता र काँहबाट सञ्चालित छन् भनेर अनुसन्धान नर्गदा यसले एक बिकराल रुप लिने निश्चित भएको सरोकार निकायहरुको दाबी छ ।

 प्रहरीले बिनाइजाजत वैदेशिक रोजगारीका नाममा रुस  पठाउने धनकुटा राजारानी–३ घर भई काठमाडाँै बस्दै आएका कृष्णप्रसाद लिम्बूलाई बुधबार पक्राउ गरेको छ । आकर्षक पारिश्रमिक दिने प्रलोभन देखाई पीडित धनबहादुर लिम्बूलसँग छ लाख ३० हजार लिएका जाहेरी महानगरीय अपराध महाशाखामा परेपछि प्रहरीले  उनलाई पक्राउ गरेको हो ।

    प्रारम्भिक अनुसन्धानमा लिम्बूलाई वैदेशिक रोजगारीमा पठाउने कुनै इजाजत प्राप्त नगरेको र अन्य व्यक्तिलाई समेत विदेश पठाउने प्रयोजनका लागि १४ थान राहदानी साथमा बोकी हिँडेको अवस्थामा बानेश्वरबाट पक्राउ गरिएकोे महाशाखे जनाएको छ । पछिल्लो समय प्रहरीकोमा यस्ता ठगीका उजुरी व्यापाक रुपमा आउँने गरेको महानगरी प्रहरी परिसरका मुद्दा शाखाका डीएसपी दिनेश आर्चायले बताएका छन् । पछिल्लो समय परिसरमा चोरी र ठगी मुद्दाका जाहेरी बढी पर्ने गरेको डीएसपी आर्चायले जनाए ।

Post a Comment

0 Comments