Subscribe Us

चरेश तस्कर बन्दुकसहित पक्राउ

रत्ननगर (चितवन), ७ साउन । चितवनको पिप्लेबाट तीननाल भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक क्रियाकलाप सञ्चालन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले खोजी गर्दै जाँदा उनीहरूलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । तर उनीहरूको परिचय भने प्रहरीले खुलाइएको छैन । 

 जिल्ला प्रहरी कार्यालयमा राखेर उनीहरूको अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिएका छन् । तर हतियारधारीलाई  सार्बजनिक नगरेपछि प्रहरीको नियतमाथी आशंका उब्जिएको छ ।  

  चितवनको पिप्ले र मकवानपुरको सिमानामा गाँजा र चरेशको तस्करी हुने गरेकाले सोही प्रयोजनका लागि हतियार बोकेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । केही महिनाअघि सोही क्षेत्रमा गाँजा तस्कर र प्रहरीको गोली हानाहान हुँदा प्रहरीको गोली लागि एकजनाको ज्यान गएको थियो । 

Post a Comment

0 Comments