Subscribe Us

बिहे गर्छु भन्दै विदेशी ठग्छौ सुन्दरी ?

काठमाडौं – विदेशी नागरिकसँग ‘बिहे गर्छु’ भन्दै आश देखाएर ठगी ।‘बुबा बिरामी हुनुहुन्छ । निको नभइकन बिहे गर्दिनँ’ भन्दै फेरि अर्को ठगी । यसरी अनलाइनमा गाँसिएको मित्रता अन्ततः पैसा धुत्ने माध्यम बन्यो । हुँदाहुँदा प्रहरीका अगाडि आँसुका बलिन्द्रधारा बगाएर रुनुपर्ने स्थिति आइलाग्यो ।

चाहचल, बाफल, काठमाडौंकी अनिता सिंह ९नाम परिवर्तन० ले क्यानाडियन नागरिक रुद्र टिंकर डेनलाई यसरी ठगिन् कि बिहेको आशमा कुनै युवतीमाथि गरेको लगानी त्यसै खेर जाने भएपछि पीडित विदेशी युवती खोज्दै आए । मुद्दा मामिला गरे, प्रहरीमा उभ्याए । पकनाजोलको एउटा होटलमा दिनको १० डलर तिरेर एक महिना बसेका रुद्र बंगालीमुलका क्यानडियन हुन् । 

पेशासले इन्जिनियर । धेरै दुःख गरेर कमाएको पैसा फिर्ता नदिए कानुनबमोजिम कारबाही होस् भनेर प्रहरी कार्यालयमा धेरै दिन धाए । तर, सक्दिनँ सक्दिनँ भन्दै युवतीले चिहिलबिहिल गर्न थालेपछि के लाग्थ्यो र, त्यसै हिस्सिए ।

यी पीडित परे हिन्दू धर्म अगाल्ने, तर बंगलादेशतिरका । यही कारण परिवार विस्थापित भयो । एक्ला छोरा रुद्र टिंकरले बंश धान्नुपर्ने । त्यसका लागि हिन्दू युवती नै चाहिने । क्यानडातिर हिन्दू युवा युवती हत्तपत्त नपाइने । पाइहाले पनि खोजेजस्तो नपाइने । यसपछि साहरा लिए अनलाइनको विभिन्न म्यारिज व्युरोको वेभसाइटदेखि अनेकन पोर्टलमा व्यस्त रहे । यही क्रममा भेटे ईडेटिङ डट कम । त्यहाँ डेटका लागि तयार भएकी हिन्दू युवतीकी रुपमा थिइन्, अनिता । 

उनले अनलाइनमा आफूलाई ब्राह्मण नै भनेकी थिइन् । प्रमाणित गर्न शिवपार्वतीको फोटोमा पूजा गरेको पनि देखाइन् ९तर उनी बौद्ध धर्म मान्ने काठमाडौंको स्थानीय नेवार परिवारको छोरी हुन्० । यसरी बढेका हिमचिम विवाहको तहसम्म पुग्यो । सन् २०१० मा हो उनीहरु डेटिङ पोर्टलमार्फत भेटिएको, आजको जनआस्था साप्ताहिकले खबर लेखेको छ ।

Post a Comment

0 Comments