Subscribe Us

यसरी कमाउँछन काठमाडौं ट्राफिकले सजिलै लाख


काठमाडौं । उपत्यकामा ट्राफिक प्रहरीहरुले डरलाग्दो ढंगले उठन्ती गर्ने गरेको पाइएको छ । ट्राफिकहरुको उठन्तीका कारण सडक अस्तव्यस्त वन्ने गरेको दृश्यले सर्वसाधारणको आंखा विझाएपनि ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएर वसेका तालुक अड्डाका जिम्मेवार अधिकारीहरुको आंखा नविझाउनुले पनि त्यो अस्तव्यस्तता हुनुमा उठन्तीको भागवण्डा सवै सम्म पुगेको अनुमान लगाउन सकिन्छ ।

नेपाल सरकारले दुई जना डीआइजीको व्यवस्था गरेर ट्राफिक व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ । ट्राफिक निर्देशनालयको जिम्मेवारी डीआइजी विजयराज भट्टलाई र उपत्यका ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी डिआइजी जय वहादुर चन्दको कमाणडमा छ ।

काठमाडौं उपत्यका भित्रका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको ट्राफिक व्यवस्थापनमा समेत प्रभाकारीता ल्याउन डीआइजीको नेतृत्व दिइएको तर सन्तोषजनक नतिजा आउन सकेको छैन । उपत्यका ट्राफिक प्रहरीको मातहतमा रहेका विभिन्न ईकाईहरुमा खटिनेहरुले यातायात व्यवसायीहरुसँग हप्ते असुली गर्दै जथाभावी पार्किङ गर्ने देखि रुट इजाजत नलिइएका सवारी साधनहरुलाई समेत खुल्लम खुल्ला सञ्चालन गर्ने दिने गरेको स्थलगत रिर्पोटिङवाट वुझिन आएको छ ।

खासगरी रत्नपार्कवाट छुट्ने अधिकांस यात्रुवसहरुले प्रतिहप्ता ४ सय रुपैयाका दरले रकम वुझाउने गरेको बस चालकहरुले वताएका छन् । रत्नपार्कवाट छुटेका वसहरुले मुल सडकमा आएपछि पिक एण्ड ड्रप तोकिएको स्थान वाहेक अरु स्थानहरुमा ढोका खोल्न यात्रु चढाउन ओराल्न पाइन्न तर ट्राफिक प्रहरीलाई हप्ते वुझाएपछि रत्नपार्कवाट छुट्ने अधिकांस वसहरु सिंहदरवार गेट सम्म ढोका खुलै राखेर यात्रु चढाउन छुट पाउने गरेका छन् । त्यतिमात्र हैन भद्रकाली मन्दिरसम्म सडकै जाम गरेर यात्रु चढाइरहदा पनि ट्राफिकहरु देखे नदेखेझै गरि यता उता टहलीरहेका भेटिन्छन् । डिआइजी सापहरुले सादा पोशाकमा १५ मिनेट हेर्ने हो भने छर्लङ्ग हुन्छ ।


रत्नपार्क क्षेत्रमा ड्युटी गर्ने ट्राफिकहरुले प्रति गाडी प्रति हप्ता ४ सय रुपैया उठाउने र त्यसको जिम्मेवारी १४ नं. रुटमा वस सञ्चालन गर्ने समितिका व्यक्तिहरुले लिने गरेका छन् । करिव २ सय भन्दा वढी वसहरु यो रुटमा सञ्चालन हुदै आएका छन् । ४ सय प्रति हप्ताका दरले उठाउदा महिनामा करिव ३ लाख २० हजार रुपैया उठ्ने गरेको छ त्यो रकम कहाँसम्म वाँडिन्छ भन्ने कुरा सवै पक्ष “तै चुप मै चुप” देखिनुले “काले काले मिलेर खाउं भाले” भनेको उक्तिलाई चरितार्थ गर्दछ ।

ललितपुर ट्राफिक प्रहरीले यस्तै असुली गर्ने गरेको खवर प्राप्त भएको छ । आफूलाई कडा र इमान्दार ट्राफिक अफिसरको कित्तामा उभ्याउन सफल भएर मिडियामा राम्रै स्थान जमाएका ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु अहिले ललितपुर ट्राफिक इञ्चार्ज रहेका छन् । उनी त्यहाँ पुगेपछि ट्राफिकमा ठूलै परिवर्तन भएर दण्डहिनता न्यूनिकरण हुने अपेक्षा राखेका ललितपुरवासीहरुका लागि सितारामको व्यवहार “मुखमा रामराम वगलीमा छुरा” जस्तै भएको छ ।

लगनखेल र सातदोवाटो वाटो सञ्चालन भइरहेका हायस वसहरु मध्य आधा आदि जति वाटो इजाजत पत्र नलिएका साधनहरु गुडिरहदा पनि सिताराम हाछेथुले तिनलाई छानविन गरि कारवाहिको लागि यातायात व्यवस्था कार्यालयमा पठाउनु पर्नेमा मौनता सांधेर वसेका छन् । उनको मौनता रहस्यमयी रहेको छ । वाटो इजाजत पत्र लिएर नियमानुसार सेवा सञ्चालन गरि आएकाहरुले विना रुटका सवारी हरुको अवैध सञ्चालन प्रति असन्तुष्टी जनाएका छन् ।  कानूनन रुट इजाजत नलिएका भाडाका सवारी साधन चलाउनुलाई पूर्णतया गैहकानूनी मानिन्छ । 

सडकमा त्यस्ता सवारी सञ्चालन हुदां दुर्घटना र भवितव्यमा विमा दावी समेत गर्न मिल्दैन। यस्तो विषम अवस्थामा समेत ट्राफिक प्रहरीका ललितपुर प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुको कार्यशैलीले उनले कमाएको लोकप्रियता वीच असामान्य अन्तर देखिएको छ ।

ट्राफिक प्रहरीको माथिल्लो निकायले विना रुटका सवारी सञ्चालनका विषयमा र रत्नपार्कमा भइरहेको हप्ते असुलीका वारेमा तत्काल छानविन गरि दोषी उपर कारवाही गर्नुपर्नै औल्याइएको छ । काम देखाएर काठमाडौ उपत्यका नछोडेका सितारामको उद्देश्य के हो ? कोटेश्वर, दरवार मार्ग हुदै हाल ललितपुर ट्राफिक इञ्चार्ज वनेका उनको अन्ध समर्थन गर्ने प्रहरीका उच्च अधिकारी र सञ्चार सम्प्रेषण गर्नेहरुले एक पटक सोच्ने मात्र हैन उनको भित्री कार्यशैलीका वारेमा वुझ्नु पर्ने भएको छ ।

Post a Comment

0 Comments