Subscribe Us

भान्जा ठग्ने मामा पक्राउ

काठमाडौं । आफ्नै भन्जालाई जागिर लगाई दिन्छु भन्दै १७ लाख ठगी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोेकका गणेशबहादुर खनाललाई पक्राउ गरेको छ ।
 खनालले काठमाडौं ६ का ३० वर्षीय भान्जा रामेश्वर चौलागाईलाई रािष्ट्रय अनुसन्धानको अनुसन्धान अधिकृत पदमा जागिर लगाई दिने भन्दै १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक थकनी घर भई ललितपुर बस्ने खनालले बिभागका हाकिमसंग आफ्नो राम्रो सम्बन्ध भएको भान पारी उक्त रुपैंया ठगी गर्न सफल भएका थिए । खनाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमवार पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ ।

Post a Comment

0 Comments