Subscribe Us

सर्बसाधरण ठगेर दिल्लीमा मस्ती गर्दै बस्नेत

काठमाडौं । सयौं सर्बसाधारणलाई घर न घाटको बनाई फरार भएका हाउजिङ्ग व्यावसायी सुधिर बस्नेतलाई राजनीतिक संरक्षण रहेको खुलासा भएको छ । घर जग्गा र हाउजिङ्गमा फल्याट दिने नाउँमा सर्बसाधरण संग करोडौं ठगी गरेका बस्नेतलाई यदि खेर प्रहरी, राजनीतिक दलका नेता र बैंकरले सहयोग पु¥याउन थालेका हुन । 

स्रोतका अनुसार बस्नेत नेपालमा आफ्नो सहयोगी परिचालन गरेर धितोमा राखिएको घर जग्गा र हाउजिङ्ग बेचबिखन गरी दिल्लीमा पैसा थुपार्न थालेका छन् ।

 बस्नेतलाई यि कार्यमा नेता देखी प्रहरी र बैंकका केही कर्मचारीले सहयोग र सरक्षण गर्ने थालेका छन् । बस्नेतले प्राईम बैंकमा धितो रहेका कोहिनुर हिल हाउजिङ्ग प्रा.लीको नक्साल स्थित ईम्पेरियल अपार्टमेन्ट बिभिन्न निकायबाट रोक्का हुँदा हुँदै बैंकका गिरोह र बस्नेतको योजनाबद्ध तरीकाबाट बेचबिखन गर्न सफल भएका छन् । बेचबिखन गरेपछि अपार्टमेन्ट खरिद गर्न पैसा डिपोजीट गर्नेहरुको रुवाबासी मच्चिएकोे छ । 

त्यसोत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल राष्ट्रिय बैंक, सर्बोच्च अदालत र डिभीजन सरकारी लगाएका सरोकार निकायहरुले बस्नेतको नाममा रहेको कुनैपनि सम्पती मुद्दाको अन्तिम नभएसम्म नचलाउनु भन्ने आदेशको ठाडै उल्घंन गर्दै बैंक माफिया र सुधिरको योजनाबद्ध तरीकाबाट रोक्का गरिएका अपार्टमेन्ट बिचबिखन गरी बैंक र बस्नेत सर्बसाधरण डुबाउने खेलमा लागेको स्रोत बताउँछ । करोडौं ठगी गर्ने बस्नेत अहिले भारतको दिल्लीमा भएको सुचना नेपाल प्रहरीसँग भएपनि पक्राउ गर्न कुनै कदम अगाडी नबढाएको पीडितले बताएका छन् । दर्जनै पीडितहरु अहिले बस्नेत पक्राउको लागी सरकारलाई दबाब दिन सिंहदरबारमा धर्ना दिदै आएका छन् ।

 स्रोतका अनुसार बस्नेतलाई पक्राउ नर्गन प्रहरीका बरिष्ठ हाकिम र नेताको दवाब छ । हिमालयन बैंक, मेघा बैंक काण्डका अभियुक्तलाई प्रहरीले पक्राउ गरेर र आफ्नो पुरुषार्थ देखाएपनि बस्नेत भने नेपाल आउने जाने गर्दापनि पक्राउ परेका छैनन् । आर्थीक अनमियता सम्बन्धी अपराधको अभियुक्तलाइ पक्राउ गर्दै कानूनको कठघरमा उभ्याउने नेपाल प्रहरीकोे केद्रिन्य अनुसन्धान व्यूरो (सिआईबी) र उपत्यकाको अपराध हर्ने खडा गरिएको अपराध महाशाखाले बस्नेतको मुद्दालाई खासै चासो नदिएको स्रोत बताउँछ । 

बस्नेत बिरुद्ध एक अर्ब भन्दा बढी ठगी गरेको अभियोग छ । जिल्ला अदालतबाट धरौंटीमा छुटेका बस्नेतलाई सर्बोच्च अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि बस्नेत एक बर्षदेखी फरार भएका छन् । फरार बस्नेतले भूमिगत रुपमा बसेर बैंकको लोेन सल्टाएर सर्बसाधरणको घरबास उठाउने योजनमा लागेको पीडितको दाबी छ ।

Post a Comment

0 Comments