Subscribe Us

कानुन नजान्दा प्रहरी खोरमा कलाकर

काठमाडौं । अनुमती बिना सार्बजनिक ठाउँमा कार्यक्रम चलाएको भन्दै धादिङ प्रहरीले नेपालका चर्चित कलाकारलाई पक्राउ गरेको छ । प्रहरीले चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ र गायिका कोमल वलीलाई नियन्त्रणमा लिएको हो ।

 सार्बजनिक स्थानमा हुने यस्था कार्यक्रमा सर्बसाधारणको भिडभाड हुने हुँदा कार्यक्रम सञ्चालकले सुरक्षा निकायलाई जानकारी गराई अनुमति लिनुपर्ने कानुनी प्राबधान रहेको छ । तर सञ्चालक आफै भएका चर्चित कलाकारले उक्त कुराको ख्याल नगर्दा लफडामा परेका हुन ।

जनचेतनामुलक रेडियो कार्यक्रम तयार पार्न उनीहरु नीलकण्ठ उमाविको प्राङगण पुगेका थिए । उक्त स्थानमा चर्चित कलाकारहरु पुगेपछि अत्याधि भीड जम्मा भएको थियो । सो भीडसामु उनीहरुले विभिन्न प्रस्तुतिहरु समेत दिइरहेका थिए । तर प्रशासनले बिना अनुमति कार्यक्रम गरेको भन्दै चर्चित कलाकारहरुलाई नियन्त्रणमा लिएको हो । प्रमुख जिल्ला अधिकारीको आदेश भन्दै उनीहरुलाई जिल्ला प्रशासन कार्यालय लगिएको र केहि बेरमा छाडिएको थियो ।

Post a Comment

0 Comments