Subscribe Us

कर्णमाथि भएको आक्रमणको विरोधमा र्याली ,
एक जर्नन बिरुद्ध किटानी जाहेरी

काठमाडौँ, । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा सभासद् रञ्जित कर्णमाथि मंगलवार बिहान भएको आक्रमणको विरोधमा नेविसङ्घले ¥याली निकालेको छ । 

बिहान ७ बजे आफ्नै निवास हाँडीगाउँमा दश बाह्र जना हतियार बोकेको जत्थाले सभासद् कर्णमाथि आक्रमण गरेको भन्दै नेविसङ्घले दोषीलाई तत्काल कारवाहीको माग गर्दै प्रदर्शनीमार्गबाट पुतलीसडकसम्म ¥याली निकालेको हो ।

नेविसङ्घले घटनामा संलग्न भएको भन्दै नेविसङ्घका नेता कुन्दनराज काफ्ले, भूपेन्द्र श्रेष्ठ, आशेष श्रेष्ठ, आनन्दश्री न्यौपाने, नवराज त्रिपाठी, शशाङ्कश्री न्यौपाने, विमल पराजुली, निकेश खड्का, समधुर बराल, रुपेश सुवेदी र जीवन खत्रीविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गराएको छ ।  

नेविसङ्घका नेता दीपक भट्टराईले लोकतन्त्रमा चित्त नबुझेका कुरा असहमति राख्न सकिने भन्दै अध्यक्ष कर्णलाई आफ्नै निवासमा गएर आक्रमण गर्नु निन्दनीय घटना भएको बताए । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्य, त्रिचन्द्र क्याम्पसका अध्यक्ष विष्णु पौडेल, नेविसङ्घका नेता लीलाबल्लभ दाहाललगायतले कर्णको आक्रमणमा संलग्न रहेकालाई पार्टीबाटै निष्काशन गर्नुपर्ने बताए ।

अध्यक्ष कर्णले पत्रकार सम्मेलन गरी आफ्नै सङ्गठनका केही व्यक्तिले सङ्गठनको बद्नाम गराउन यस्तो घटना गराएको आशङ्का गर्दै दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरे । घटनाको विरोधमा काठमाडौँ उपत्यकाका ३२ क्याम्पसका अध्यक्षले ऐक्यबद्धता जनाएका छन् ।  नेविसङ्घका नेता काफ्लेले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । 

Post a Comment

0 Comments