Subscribe Us

बेरोजगारलाई लुटेर पाँच तारे होटलमा मन्त्रीलाई जाँड पार्टी

काठमाडौं । बैध भन्दा अबैध तरिकाबाट बैदेशिक रोजगार सम्बन्धि काम गर्दै आएको ‘द रिभर ओभरसिज’ ले बिभिन्न जिल्लामा अनुमति बिना नै शाखा कार्यालय बिस्तार गरेको छ । मुख्य कार्यालय राजधानीको बत्तिसपुतलीमा रहेता पनि ओभरसिजका सञ्चालक रघु पुरीले आफ्नो शक्तिको आँडमा अबैध शाखा बिस्तार गरिरहेका छन् । 

स्रोतका अनुसार पोखरा, भैरहवा, बुटवल, बिराटनगर, महेन्द्रनगर लगायतका ठूला व्यापारिक शहरमा पुरीले दर्ता नै नगरी मेनपावरको काम सञ्चालन गरिरहेका छन् । केही महिनाअघि गैरकानुनी रुपमा मेनपावर चलाएको गोप्य सूचना पाएपछि वैदेशिक रोजगार विभागको टोलीले बुटवलका आधा दर्जन मेनपावरमाथि छापा मारेको थियो ।
 त्यसबेला पुरीको अबैध मेनपावरमा पनि छापा मारिएको थियो । टोलीले ६ वटा मेनपावरमा छापा मार्दा पुरीको ‘द रिभर ओभरसिज’ सहित तीन वटा गैरकानुनी रुपमा सञ्चालन भएको पाएको थियो । राजधानीबाट गएको विभागको टोलीस“गै ईलाका प्रहरी कार्यालय र श्रम कार्यालय बुटवलका प्रतिनिधि पनि थिए । सयुक्त टोलीले बुटवलमा सञ्चालित आधा दर्जन मेनपावरमाथि छापा मार्दा अवैध मेनपावरका धन्दा बाहिर आएको हो । 

छापा मार्ने क्रममा टोलीले दर्ता विना सञ्चालनमा रहेका मेनपावरका चार जनालाई नियन्त्रणमा लिएकर अनुसन्धान थालेको थियो । तर मेनपावरका मुख्य सञ्चालकलाई भने टोेलीले ठूलै डिल गरेर छाड्यो । तत्काल ‘द रिभर ओभरसिज’ का शेरबहादुर राना, सन्तबहादुर मगर, ओशो रिक्यूटिङ एजेन्सीका मिनबहादुर विक, माभिरा ओभरसिजका हरिप्रसाद न्यौपानेलाई पक्राउ गरेता पनि तीनका अध्यक्षलाई भने ठूलै रकमको चलखेलपछि चोख्याईएको थियो । 


छापा मारिएको मेनपावर कम्पनी ‘द रिभर ओभरसिज’ बाट रुपन्देही केरवानी उच्च माविको चारित्रिक प्रमाणपत्र २५ थान, विद्यालयको छाप, प्रधानाध्यापकको छाप र पाटन बहुमुखी क्याम्पसको छाप समेत प्रहरीले बरामद गरेको थियो । सो काण्डलाई प्रहरीले सार्वजनिक गरेपछि मुख्य सञ्चालक तथा अध्यक्ष पुरीलाई जोगाइएको रहस्उ उजागार भएको हो ।

 अबैध मेनपावरलाई बन्द गर्ने उदेश्यले भनई टोलीले दाम फिट्ने उदेश्यले छापा मारेको हु“दा सोही अनुसार कारबाही नगरी छाडेको थियो । त्यस्तै माभिरा ओभरसिजले बाहिर टुर्स एण्ड ट्राभल्सको बोर्ड राखेर भित्रबाट बैदेशिक रोजगार एजेन्सीको काम गर्दै आएको टोलीले छापा मारेपछि खुलेको थियो । द रिभर ओभरसिज’ का रघु पुरीलाई बचाउन बिभागबाट खटिएको टोलीले २५ लाखको चलखेल गरेको स्रोतको दावी छ । उता तत्काल अबैध भन्दै बिभागको टोलीे छापा मारेका मेनपावरहरु पुनः सञ्चालनमा आएका छन् । पुरीको मेनपावर पनि बुटवल सञ्चालनमा आएको छ भने उनले पुनःअबैध शाखा अन्य जिल्लामा समेत विस्तार गर्न थालेका छन् ।

नक्कली भारतीय रुपैया“को कारोबार गर्ने शिखर ओभरसिजका सञ्चालक सुनिल रायमाझिस“ग पनि उनको नाम जोडिँदै आएको छ । गत बर्ष नक्कली आईसी काण्डमा मुछिएपछि फरार रायमाझिलाई पुरीले भगाएको तत्कालिन समयमा विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित भएका थिए । पुरीलाई नेपाल प्रहरीका केही भ्रष्ट प्रहरीले संरक्षण रहेका कारण उनी अबैध धन्दा गरेता पनि पटकपटक बच्दै आएका छन् । 

पुरीले आफ्नो ओभरसिजका ११ औं बार्षिकत्सव दरबारमार्गस्थित होटल अन्नपूर्णमा गत महिना मनाएका थिए । बार्षिकत्सवमा तत्कालिन कृषिमन्त्री हरि पराजुली, पर्यटन मन्त्री दीपक अमात्य, विभिन्न राजनीतिक पार्टीका नेताहरुको समेत उपस्थिति थियो । उनीसँग हतियार अवैध हतियार समेत रहेका स्रोत बताउँछ ।

Post a Comment

0 Comments