Subscribe Us

नेवि सङ्घद्वारा लत्ताकपडा वितरण

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको सहयोगमा भूकम्पले क्षति पु¥याएको काठमाडौँको धर्मस्थलीको ५० दलित घरपरिवारमा कपडा वितरण गरिएको छ । 

कपडा वितरण गर्दै नेपाल विद्यार्थी सङ्घका अध्यक्ष सभासद् रञ्जीत कर्णले भूकम्पपछि नेवि सङ्घले उद्धार, राहत र पुनःनिर्माणमा लागेको भन्दै भूकम्पपीडितका लागि लत्ताकपडा, खाद्यान्न र बस्नका लागि बासस्थान निर्माण गरेको बताए ।

हाल अमेरिकाको भर्जिनिया बस्दै आएका डा राकेश शाह र उनकी धर्मपत्नी गरिमा शाहको सहयोगमा उक्त लत्ताकपडा वितरण गरिएको हो ।  सो अवसरमा शाह दम्पतीले भूकम्प प्रभावित क्षेत्रको विद्यालय भवन निर्माणका लागि नेवि सङ्घलाई प्रदान गरिएको रु एक लाखको चेक अध्यक्ष कर्णलाई हस्तान्तरण गरेका थिए ।  रासस

Post a Comment

0 Comments