Subscribe Us

अपराध नियन्त्रण गर्न यस्तो छ,एसएसपी खनालको रणनीति, उच्छृङ्खल गतिविधि गर्ने १०५ पक्राउ

 काठमाडौँ । सार्वजनिक यातायातको क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी सो क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले बिषेश अभियान सञ्चालन गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था, यातायात व्यवसायी र मजदुर समेतको सहकार्यमा अभियान सञ्चालन गरि आपराधिक गतिबीधि नियन्त्रणको प्रयास गरेको हो । 

सार्वजनिक यातायात क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी सुरक्षित र मर्यादित बनाउन यही असार २० देखि २९ गतेसम्म अभियान सुरु गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले जानकारी दिए ।  

    अभियान सञ्चालन गरिएपछि सार्वजनिक सवारी साधनमा उच्छृङ्खल गतिविधि गर्ने, नक्कली परिचयपत्र देखाएर यातायातमा भाडा छुटको दाबी गर्ने, सवारी साधन तथा सडक क्षेत्रमा हुने पाकेटमारी, लुटपाट, डकैती, हत्या, अपहरण, बलात्कार, महिला यौन दुव्र्यवहार, अवैध कारोबार, ओसारपसार गर्ने १०५जना लाई पक्राउ गरी    ८४ जनालाई अनुसन्धानपछि छाडिएको र २१ जनाविरूद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको एसएसपी खनालले जनाएका छन् । 

यस्तो छ उद्देश्य

 
 १) सडक र सार्वजनिक सवारी साधनको क्षेत्रलाई मर्यादित र सुरक्षित राख्न सम्वन्धित क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाहरुको सहयोगात्मक भावनामा विकास गर्ने ।
 
२) यातायात व्यवसायी तथा यातायात मजदुर र प्रहरी वीच विश्वासको वातावारण विकास गरी सडक र सवारी साधनहरुमा हुने पाकेटमारी, लुटपाट, डकैती, हत्या, वलात्कार,अपहरण, महिला बालबालिका माथि हुने यौन दुव्यहार,अवैध ओसार पसार लगायतका अपराध अनुसन्धानमा प्रभावकारीता हासिल गर्ने ।
 
३) यातायात व्यवसायी तथा यातायत मजदुर सँग समन्वयात्मक सम्वन्ध विस्तार गरी अपराध नियन्त्रण गर्ने ।
 
४) पाकेटमारी तथा लुटपाटमा संलग्न भएका व्यक्ति पहिचान गरी पक्राउ गर्ने ।
 
५) पकेटमारीमा संलग्न रहेका र हाल पनि सोही कार्यमा संलग्न शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिने ।
 
महाशाखाको रणनीति
 
१) सर्वसाधारण यात्रु, यातायात व्यवसायी तथा यातायात मजदुर सम्वन्धित सस्थाहरुसँग सम्पर्क, समन्वय अन्तरकृया गर्ने ।
 
२) सवारी चालक परिचालकहरुको लागी यातायात सेवा र सुरक्षा विषयमा अन्तरकृया कार्यक्रम संचालन गर्ने ।
 
३) सडक र सवारी साधनहरुमा हुने अपराधिक कृयाकलाप विरुद्ध जनचेतना अभिवुद्धी गरी प्रहरीलाई सुचना गर्ने प्रवृतिमा विकास गर्ने ।
 
४) सडक तथा सार्वजनिक सवारी साधनमा हुने अपराधिक गतिविधी विरुद्ध महिला तथा बाल अधिकारकर्मी, यातायात व्यवसायी, यातायात मजदुर र प्रहरीको संयुक्त अभियान सँचालन गर्ने ।
 
५) सार्वजनिक सावरी साधनमा अपराधिक कृयाकलाप विरुद्धका चेतनामुलक सन्देशहरु राखी प्रचार प्रसार गर्ने ।

Post a Comment

0 Comments