Subscribe Us

झण्डावाला गाडीको ओत लाग्नेलाई मुन्टाएर ल्याउनुः एसएसपी खनाल

 काठमाडौं । आपराधिक गिरोहले अपराध गर्ने सार्बजनकि यातायातको दुरुप्रयोग गर्न थालेपछि प्रहरीले यसको नियन्त्रण गर्न जनचेतना मुखी कार्यक्रम सुरु गरेको छ । महानगरिय अपराध महाशाखा टेकुले एक साता देखी यस्तो कार्यक्रमकोे सुरुवात गरेको हो । 
 
प्रहरीको अनुसन्धमा प्रार्य अपराधमा सार्बजनिक यातायाताकोे साधन जोडिने थालेपछि महाशाखाले यातायाता व्यावसायीसँग हातोमालो गर्दै यसको नियन्त्रण गर्ने उपायाँ खोजेको हो । सार्बजनिक यातायातको प्रयोग गरेर आपराधिक गिरोहले अपहरण चेलीबेटी बेचबिखन, लुटपाट, चोरी जस्ता अपराधमा संगल्न हुँदै आएको महाशाखाका प्रमुख एसएसपी सर्बेन्द्र खनाल ठहर छ ।
 
 मंगलवार पुरानो बसपार्कमा भएको कार्यक्रममा एसएसपी खनालले भने, ‘आपराधिक गिरोहले चालकलाई आर्धिक प्रलोभनमा पारेर अपराध गर्दै आएका छन्, अब चालकले त्यसको सुचना हामिलाई दिनु प¥यो,  अपराध नियन्त्रण गर्ने दायित्य तमाईहरुको पनि हो ।’ चोर फटाहाले दिएको पैसा तमाईहरुला नै उपहार दिन्छौं । 
 
उनले एक साता अघि बैंकबाट चोरी भएको लकर ट्या्क्सी चालकले १२ हजारको लोभमा टोखा पु¥याएको उदाहरण पनि दिए । चालक,व्यावसायी र यात्रुहरुसंगको अन्तरक्रिया मा अधिकांस चालक र व्यावसायीले ट्रार्फिक प्रहरीले अनाबास्यक दुःख दिने गरेको गुनासो गरेका थिए । बिना कारण चिट काट्ने प्रहरीको शैलीले हैरानी व्याहोनु परेको भन्दै आफूले गल्ती गरेको बारेमा प्रहरीले बुजाउँनु पर्ने उनिहरुको माग थियो ।
 
व्यावसायीहरुको गुनासोलाई सम्बोधन गर्दै एसएसपी खनालले पदको दुरुप्रयोग गर्ने प्रहरीलाई नछाड्ने बताउँदै आफूले जनकपुरमा हुँदा डिएसपीको फुंली थुतेर ईन्सपेक्टर बनाएको उदाहरण दिए । सबै मर्यादीद हुँनै पर्छ उनले भने, प्रहरी भित्रको सुद्धिकरणपनि जारी छ । आक्रोसित रुपमा प्रस्तुत भएका एसएसपी खनालले आफू यो कार्यक्रमा भाषणमात्र गर्ने नआएको स्पष्ट पार्दै एक साताको दौरानामा सवारी साधनमा अश्लिल हर्कत गर्ने एक सयबढीलाई पक्राउ गरी कारवाही गरेको जानकारी गराए । कुनैपनि अपराधिलाई कुनैपनि बहानमा नछाड्न एसएसपी खनाले आफू मातहत त्याहा रहेका प्रहरी अधिकृतलाई निर्देशन समेत दिए । 
 
उनले भने अस्ती भर्खर एक गुण्डाका नाईके झण्डा वाला गाडीमा चढेर भागेको सुनेको छु, त्यस्तालाई गाडिबाटै थुतेर मुन्टाएर ल्याउनु ।’ महाशाखा टेकुले महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था, यातायात व्यवसायी र मजदुर समेतको सहकार्यमा अभियान सञ्चालन गरी आपराधिक गतिबीधि नियन्त्रणँको प्रयास गरेको हो । 
 
कार्यक्रममा यातायाता व्यावसायी महासंघका माहासचिव सरद सिटैलाले यस्तो कार्यक्रम २६ बर्षपछि राजधानीमा भएकोे जानकारी दिए । अपराध नियन्त्रण गर्नु हामि सबैको दायित्य भएको कारण अपराध सम्बन्धी सुचना तत्काल प्रहरीलाई गर्न उनले यातायात चालक र सहचालक संग अनुरोध गरे । महाशाखाले गत २० देखि २९ गतेसम्म यो अभियान सुरु गरिएको महाशाखाका प्रमुख (एसएसपी खनालले जानकारी दिए ।


अभियान सञ्चालन गरिएपछि सार्वजनिक सवारी साधनमा उच्छृङखल गतिविधि गर्ने, नक्कली परिचयपत्र देखाएर यातायातमा भाडा छुटको दाबी गर्ने, सवारी साधन तथा सडक क्षेत्रमा हुने पाकेटमारी, लुटपाट, डकैती, हत्या, अपहरण्ाँ बलात्कार, महिला यौन दुव्र्यवहार, अवैध कारोबार, ओसारपसार गर्ने १०५ जना लाई नियन्त्रणमा लिई ८४ जनालाई अनुसन्धानपछि छाडिएको र २१ जनाविरुद्ध सार्वजनिक मुद्दा  दर्ता गरिएको एसएसपी खनालले जनाकारी दिएका छन् ।

Post a Comment

0 Comments