Subscribe Us

आदा दर्जन डान्सबारमा प्रहरीको छापा

काठमाडौं । भारतिय मुलका ग्राहकलाई योजनाबद्ध तरीकाले लुट्ने राजधानीका आधा दर्जन डान्सबारमा प्रहरीले छापा मारेको छ । महानगरीय आयुक्तको कार्यालयले गोप्य सुुचनाको आधारमा ति डान्सबारमा छापा मारेको हो । 

आयुक्त कार्यालयबाट खटिएका डिएसपी राजकुमार सिलवालकोे टोलीले दरबारमार्गको ब्याकआवट, बानेश्वरको ओएमजी क्लब, ठमेलको मिर्ची र चाबहीलको यू क्यान सि डान्सबारमा छापा मारेको हो । प्रहरीले भारतिय मुलका ग्राहकलाई खाँदै नखाएको बिल बनाई जबरजस्ति पैसा असुल्ने गरेको सुचनाको आधारमा ति डान्सबारमा छापा मारेको जनाएको छ ।

 छापा मार्दा प्रहरीले ब्लाकआवटबाट दुई जना, ओएमजीबाट दुई, मिर्चीबाट दुई जनालाई नियन्त्रमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उता यू क्यान सीमा भने प्रहरीले गलत धन्दा नर्गन चेतावनी दिएको मिशनमा खटिएका एक प्रहरीले बताए । 

व्यापारको नाममा केही डान्सबारहरुले भारतीय मुलका पर्यटकलाई बिभिन्न बहानमा रेष्टुरेन्ट सम्म पु¥याएर खाँदै नखाएको बिल असुल्ने र युबती होटलमा पठाई दिन्छु भन्दै ठग्ने गरेका छन् । सम्बन्धीत बृत्तले यस्ता गतिबीधिमा चासो नदिएपछि आयुक्त कार्यालयबाटै टोली खटिएको स्रोतले बतायो ।

Post a Comment

0 Comments