Subscribe Us

यौंन अखडामा परिणत हुँदै काठमाडौं, भट्टि देखी सुबिधा सम्पर्ण होटल र अपाटमेन्टमा यौंन अखडा

काठमाडौं । पछिल्लो समय राजधानी काठमाडौं, भक्तपूर र ललितपूर जिल्लामा व्यापक रुपमा यौंन व्यावसायी फस्टाएकोे छ । सामान्य भट्टि देखी सुबिधा सम्पर्ण होटल र अपाटमेन्टमा दलालहरुले यौंन व्यावसायी सञ्चालन गर्दै आएका समाचार पात्त भएको छ । 

राजधानीको बालाजु बसपार्क, पुरानो बसपार्क, जडिबुटि, पेप्सीकोेला, कलंकी क्षेत्रका समान्य भट्टि, गेष्टहाउस र केही राम्रै नाम आउने होटलमा समेत सञ्चालक आफैले युवती राखेर यौंन व्यावसायी चलाउँदै आएको स्रोतको दाबी छ । ललितपूरको ग्वार्को, सातदोबाटोे र भक्तपूरको सुर्यबिनायक आसपासका क्षेत्रमा बिगत दुई बर्षदेखी खुल्मखुल्ला यौंन व्यावसाय सञ्चालन हुँदै आएपनि प्रहरीले कुनै चासोे नदेखाएको कारण यसमा ठूलै सेटिङ भएको स्थानीयले आरोप लगाउँन थालेका छन् । 

काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, गोरखा, नुवाकोटलगाएत पहाडी जिल्लाबाट रोजगारको खोजीमा राजधानी भित्रीएका युवतीलाई दलालहरुले बिभिन्न प्रलोभन देखाएर बेश्याबृद्धिमा लगाउने गरेका छन् । सुरुमा रेष्टुरेन्टमा काम लगाईदिएर बेश्याबृद्धि गराउने बाध्य गराउने गरेका छन् । समान्य भट्टिमा काम गर्न राखिएका जस्ता देखिने अधिकांस युवतीहरु बेश्याबृद्धिमा संलग्न रहेका छन् । यस्ता भट्टिका प्रार्य ग्राहक भने भाडाका गाडी चलाउने चालक, सहचालकहरु हुन् ।

 त्यसै गरी दलालहरुले गेष्टहाउस नै भाडामा लिएर यौंन व्यावसायी सञ्चालन गर्दै आएका छन् । यस्ता गेष्ट हाउसमा युवतीलाई नै राखेर व्यावसायीक रुपमा धन्दा गर्ने गिरोह नै राजधानीमा सक्रिय रहेको छ । बिगत पाँचबर्ष पहिले यस्ता धन्दा चलाउँने एक दर्जन दलालका नाईकले तत्कालीन परिसर प्रमुख एसपी रमेश खरेलले कानूनको दायरामा ल्याएपछि राजधानीमा यौंन अखडा चलाउनेको भागदौड मच्चिएको थियो । तर बिस्तारै फेरी दलालहरुले राजधानीमा यस्तो गौर कानूनी धन्दा सुरु गरेका हुन् । यस्ता धन्दा गराउँने पुरुष भन्दा महिला नै बढी सक्रिय रहेका छन् ।  सुबिधा सम्पर्ण अपाटमेन्ट र होटलमा युवती सप्लाई गर्ने गिरोहपनि राजधानीमा छा्याप छा्यापती भेटिन थालेका छन् । 

कतिपय दलालले अमाटमेन्टमा फल्याड भाडामा लिएरै यौंन व्यावसायी सञ्चालन गर्दै आएका छन् भने कसैले भारतिय मूलका पर्यटकलाई पाँचचारे होटलमा युवती सप्लाई गर्ने गरेका छन् । यि सब अपराधको सुईँको प्रहरीले पाएपनि यसको नियन्त्रणको कुनै प्रयास गरेको छैन् । स्रोतका अनुसार पाँचतारे होटलमा नेपालका टप हिरोइन देखी मोडलहरु सप्लाई हुँदै आएका छन् । ग्राहकलाई मन परेका खण्डमा यस्ता युबतीलाई तिनले एक साता देखी एक महिनासम्म बुकिङ गरेर भारतको गोवा, सिक्कम देखी दुबै सम्म लैजाने गरेका छन् ।

Post a Comment

0 Comments