Subscribe Us

छोराको नाममा अबैध क्रसर सञ्चालन गर्दै सचिव

काठमाडौं । रक्षक नै भक्षक भएपछि के गर्नु ? शक्तिमा बसेका व्यक्तिले नै प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा स्थानीय अधिकारीहरुलाई दबाब दिएर कानुन विपरित व्यवसाय गर्दै आएका छन् । शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले तनहुँको कोत्रेमा भारी मेसिन (एक्साभेटर, डोजर) प्रयोग गरी अबैध क्रसर उद्योग सञ्चालन गरेका छन् ।

 नियम अनुसार खोला, बस्ती र राजमार्ग जस्ता संवेदनशिल क्षेत्रको ५०० मिटर भित्र क्रसार उद्योग सञ्चालन गर्न मिल्दैन । तर सचिव पण्डितको हकमा भने यो नियम लागू हुन सकेको छैन । पृथ्वी राजमार्ग अन्तर्गतको उक्त ठाउँमा क्रसर उद्योग सञ्चालन गरेपछि धुँवा र धुलोले वातावरण नै प्रभावित बनेको छ ।

कोत्रेमा रहेको एक सामुदायिक विद्यालयको सार्वजनिक जग्गामा सञ्चालन हुँदै आएको हारती क्रसर उद्योगले अबैध रुपमा एक्साभेटर डोजर प्रयोग गरी गिट्टी, मिस्कट उत्पादन गर्दै आएको आजको  यूनाइटेड पोष्टमा समाचार छ  । उक्त विद्यालयको भवन भत्काएर नयाँ बनाउने भनेर गरिएको सहमति कार्यान्वयन नभएपछि स्थानीयबासिन्दाहरु रुष्ट भएका छन् । 

सचिव पण्डितले छोरा विशालको नाममा क्रसर उद्योग सञ्चालन गर्दै आएका हुन् । प्रत्यक्ष रुपमा सचिव आफू नदेखिएपनि विद्यालयसँग सम्झौता गर्दा भने आफै अगाडि सरेका कारण उक्त क्रसर उद्योग उनको प्रत्यक्ष निगरानीमा सञ्चालन हुँदै आएको स्थानीय एक बासिन्दाले बताए । 

अर्कोतिर अवैध उत्खनन रोक्न स्थानीय प्रशासनले कुनै कदम नचालेपछि स्थानीयहरु आक्रोशित बनेका छन् । त्यसो त नवलपरासीको केरुङगे खोलामा पनि सविच पण्डितले श्रीमतीको नाममा कम्पनी खडा गरी अबैध उत्खनन गर्दै आएको सार्वजनिक भएको थियो ।

Post a Comment

0 Comments