Subscribe Us

उपभोक्ता र सरकारलाई ठग्दै ब्यापारी सरिया

काठमाडौं । नेपालमा लोकप्रिय बन्दै गरेको बङ्लादेशी उत्पादक कम्पनी ‘प्राण फुड लिमिटेड’ को उत्पादन नेपालमा विवादमा परेको छ । मुना चियाका मालिक ब्यापारी गोविन्द सरियाले वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति नलिई बङ्लादेशी उत्पादन नेपाली बजारमा ल्याएको भन्दै उपभोक्ता मञ्च नेपालमा उजुरी परेपछि प्राणको उत्पादन विवादमा परेको हो ।

 कुनै पनि विदेशी उत्पादन नेपाली बजारमा लैजानु पूर्व वाणिज्य विभागबाट अनुज्ञापत्र र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनिवार्य गुणस्तर चेकजा“च गराएको प्रमाणपत्र लिनु पर्ने प्रावधान छ । एलसी खोलेर ठूलो मात्रामा ब्यापार गरेको हो भने पहिला सम्बन्धित निकायबाट अनुमति लिनुपर्छ भने सानो मात्राको कारोबार हो भने भन्सारबाट चेकजा“च गराई कारोबार गर्न सक्ने प्रावधान छ । 

यदि दुबै नगरी कसैले करोडौं ब्यापार गरिरहेको छ भने त्यो सरासर खाद्य ऐन विपरित हुने र कालोबजारी अन्तर्गत कारबाही गर्न सकिने ऐनमा उल्लेख छ । यदि खाद्य ऐन पालना नभएको खण्डमा खाद्य प्रविधि तथा गुण नियन्त्रण ऐन अन्तर्गत कारबाही गर्न सकिने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । उनले दुध, तेल, पानी, जुसलगायतका पिए पदार्थमा बजारमा लैजानु पूर्व अनुमति लिनु पर्ने बताए । सम्पूर्ण जानकारीसहित निवेदन र नमुना कम्पनीले उपलब्ध गराएपछि मात्र गुणस्तर चेकजा“च हुने गर्छ । तर सरियाले भन्सार र अन्य ठाउ“बाट आफ्नो काम सरासर गराईरहेको स्रोतले बतायो ।  

उक्त बङ्लादेशी कम्पनीले विश्वको १ सय ६ मुलुकमा आफ्नो दुई सय भन्दा बढी उत्पादन निर्यात गर्दै आएको छ । बङलादेशी प्रविधि समन्वयमा ‘कन्फेक्सनरी’ आइटम अन्तर्गत ‘प्राण आलु क्य्राकर’ लगायतका खाद्य सामाग्री भने नेपालमै उत्पादन हुने गरेको छ । प्राण समूहको केन्द्रीय कार्यालय भने मध्य बद्दा ढाकास्थित प्राण आरएफएल सेन्टरमा रहेको छ । 

नेपालमा प्राण कम्पनीको उत्पादनलाई मुना चियाका मालिक गोविन्द सरियाले बजारमा पु¥याउने काम गरिरहेका छन् । नेपालमा राजश्व छल्ने नियतबाट सरियाले तीन वटा छुट्टाछुट्टै कम्पनी विभिन्न ब्यक्तिको नाममा दर्ता गराई काम गरिरहेका छन् । विना विज्ञापन प्राणका उत्पादन खाद्य सामाग्रीले मार्केटमा बजारमा लिएपछि हौसिएका सरियाको ओदत फुड एण्ड ब्रेभरेज प्रालि, मेरी गोल्ड र ओदत ट्रेड कम्पनी रहेको छ । ती कम्पनीहरुले आयत, प्रर्वद्धन तथा मार्केटिङ र वितरणका काम गरिरहेका छन् । सरियाको सम्पूर्ण अवैध काममा विशेष सहयोगी भूमिका भने उनका छोरा दिनेशले निभाइरहेका छन् । तीस बर्ष अगाडिदेखि विश्व बजारमा चम्केको बङलादेशी कम्पनी प्राण एक्पोर्ट लिमिटेडका उत्पादन नेपालमा अहिले सबै भन्दा विक्री हुने उत्पादनमा पर्न आउ“छ ।

राजश्व छल्नका लागि सरियाले मुलपानीस्थित  ओदत फुड एण्ड ब्रेभरेज प्रालि फ्याक्ट्री खोलेका छन् । सरियाले बाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट पूर्व अनुमति र गुणस्तर चेकजा“च नगराएको उजुरी परेकाले प्राणका खाद्य सामाग्रीमाथि छानविन हुने उपभोक्ता मञ्च नेपालका सचिव लक्ष्मण घिमिरेले बताए । 

बाणिज्य र खाद्य प्रविधि तथा गुण नियन्त्रण ऐनले त्यस्ता कार्यलाई अवैध मानेको छ भने कुनै पनि खाद्य उत्पादन नेपालमा भित्र्याउ“दा खाद्य वा अखाद्य रहेको गुणस्तर चेकजा“च हुने गर्छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर नपर्ने प्रमाणित भएपछि मात्र  बजारमा विक्री वितरण हुने गर्दछ । तर ब्यापारी सरियाले बाणिज्य विभागबाट अनुज्ञापत्र समेत नलिएको बुझिएको छ ।

Post a Comment

0 Comments