Subscribe Us

धर्म निरपेक्षता कि धार्मिक स्वतन्त्रता ?

रोशन पाण्डे
प्रस्तावित संविधान उपर झण्डै एक लाख ५० हजार सुझाव मध्ये धर्म निरपेक्षताप्रति बढी गुनासो आएको छ । २०६२–०६३ को जनआन्दोलनका क्रममा कहीं कतैबाट मागका रुपमा अगाडि नआएको धर्म निरपेक्षता एकाएक कसरी अन्तरिम संविधानमा प्रवेश पायो भन्ने विषयमा पनि जनताले चिन्ता जाहेर गरे । झण्डै ९० प्रतिशतको प्रवल बहुमतमा रहेका हिन्दू धर्मावलम्बीको भावनामा चोट पुग्ने गरी धर्मनिरपेक्ष मुलुक घोषणा हु“दा देशको पहिचान नै संकटमा परेको छ । 

जनता यस संवेदनशील विषयमा दलहरुभन्दा सचेत रहेछन् । यो यथार्थलाई अब दलहरुले महसुस गर्न सक्नु पर्दछ । विगतमा नेपाल हिन्दू राज्य हु“दा अन्य धर्मावलम्बीहरुले कुनै दबाब र भेदभाव महसुस गर्न परेको थिएन । यो यथार्थ हु“दाहु“दै किन हिन्दू धर्ममाथि आक्रमण गरियो ? त्यो नै चिन्ताको विषय हो । 

जनताको कुनै राय सुझाव नलिइकनै धर्म जस्तो नागरिकको संवदेनशील विषयमा रातारात निर्णय गरियो । धर्मनिरपेक्ष घोषणा गरियो । यसरी धर्मलाई बाह्य स्वार्थी समूहले विवादित बनाइदिए । राजनीतिबाट अलग र माथि रहेको धर्मलाई राजनीतिस“ग जोडिएकै कारण राप्रपा नेपाल जस्ता दलले हिन्दू धर्मलाई मागी खाने भा“डो बनाउन पाएका छन् । राजनीतिको फोहोरी खेलमा धर्मलाई यसैगरी मुछ्ने हो भने भविश्यमा नेपालमा धार्मिक हिंसा भड्किने खतरा रहन्छ । यो संभावनातर्फ राजनीतिक दलहरुको समयमै ध्यान जानु जरुरी छ । एकातिर विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने अभियान तिब्र छ भने अर्कोतिर राजनीतिक उद्देश्य प्राप्तिका लागि हिन्दू धर्मलाई हतियार बनाउने अतिवादी चलखेल पनि अगाडि बढेको छ । 

धर्म निरपेक्षता पक्षधरले नेपालको पहिचान नै समाप्त पार्न चाहेका छन् भने राप्रपा नेपाल मार्काका अतिवादी हिन्दूवादीले धर्मलाई आड बनाएर राजनीतिक स्वार्थ पूरा गर्न खोजिरहेका छन् । यी दुबै अतिवादी प्रवृत्तिबाट मुलकुलाई जोगाउनु आजको आवश्यकता हो । संविधानको प्रस्तावित मस्यौदामा एकातिर धर्म निरपेक्षताको उल्लेख छ भने अर्कोतिर हिन्दू धर्मको प्रतिक मानिने गाईलाई राष्ट्रिय जनावर भनिएको छ । 

संविधानले राष्ट्रिय जनावर घोषित गरेको गाई एउटा दल विशेषको चुनाव चिन्ह हुन सक्दैन । यसरी एक आपसमा बा“झिने गरी हिन्दू धर्म र यसका अवयवहरुको धज्जी उडाउने काम भएको छ । धर्म निरपेक्षताप्रति जनताको व्यापक अन्तुष्टिस“गै दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले धार्मिक स्वतन्त्रताको पक्षमा आफूलाई परिमार्जित गर्दै वितगको गल्ती सच्याउने संकेत गरेका छन् । उता तेस्रो ठूलो दल एकीकृत माओवादी र केही जनजाति दल भने अझै जनभावना कदर गर्ने विन्दूमा पुग्न सकेको देखिदैन । 

गरिव दलित बस्तीमा रातारात चर्च बनाइएका छन् । विद्यालय, स्वास्थयचौकी नपुगेका ठाउ“मा बाइबल बा“डिएका छन् । जसले हिन्दू धर्मको आवश्यकता, औचित्य र महत्व नै बुझ्न सकेका छैनन् । ती वर्गलाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने अभियान चलेको छ । जसले आफ्नो सनातन धर्म मान्दैन उसले नेपालको राष्ट्रियतालाई सम्मान गर्छ भनेर कसरी विश्वास गर्ने ? त्यसैले प्रलोभनमा पारी धर्म परिवर्तन गराउने कार्यलाई कडा दण्डनीय बनाउनु पर्दछ ।

 धर्म परिवर्तनलाई माध्यम बनाएर सामाजिक सद्भाव भड्काउने खेल पनि भइरहेका छन् । धर्म यस्तो संवेदनशील विषय हो जसमा चोट पुग्दा जनता छिटो आन्दोलित हुन्छन् । नेपालको शान्ति सुरक्षामा खलल पु¥याउन पनि धर्मलाई राजनीतिक खेल मैदानमा ल्याइएको हो । भारत र पाकिस्तानमा अतिवादी धार्मिक चलखेलकै कारण पटक–पटक हिंसा भड्किएको छ । ती घटनाबाट पनि पाठ सिक्नु जरुरी छ । प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको र २४० निर्वाचन क्षेत्रमा कही पनि निकटतपम प्रतिस्पर्धी समेत हुन नसकेको राप्रपा नेपालले किन कांग्रेस–एमालेको भन्दा ठूलो जुलुसस“गै खामसभा गर्न सकिरहेको छ ?

 राजनीतिक सीमा, चालू लोकतान्त्रिक व्यवस्थामा कुनै योगदान नभएको उक्त दलले किन चौथो हैसियत प्राप्त ग¥यो ? धर्म र राजनीति अलग–अलग विषय हुन् । त्यसैले बाह्य शक्तिको प्रभावमा लादिएको धर्म निरपेक्षता र राप्रपा नेपालले अगा“लेको हिन्दू अतिवादी खतराबाट जोगाउन धर्मलाई धर्मकै स्थानमा राखिनुपर्छ । धर्मलाई राजनीतिक उद्देश्य प्राप्तिको साधन बनाउने प्रयास भयो भने नेपाल अर्को द्वन्द्वमा फस्ने खतरा छ । यस्तो संवेदनशील विषयमा जिम्मेवार सबै राजनीतिक दल समयमै सचेत हुनु जरुरी छ ।

Post a Comment

0 Comments