Subscribe Us

परिसरमा एसएसपी ल्याउन क्यासिनो किङ देखी लोकमानसम्म

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पा“च जना आयुक्तहरु नियुक्ति हुनुअघि झण्डै दुई वर्ष प्रहरीमा आतंक नै मच्चाए । आइजीपी उपेन्द्रकान्त अर्याललाई ५० करोडको हतियारको टेण्डर खुलाउन दबाब दिंदा अर्यालले बरु राजिनामा दिने तर टेण्डर नखुलाउने जानकारी गराएपछि कार्कीले अर्याललाई फसाउन अनेक उपाय रचिरहेको अख्तियार स्रोत बताउ“छ । 

पछिल्लो समयमा प्रहरीमा सरुवा र बढुवामा समेत हस्तक्षेप गर्न कार्की पछि परेका छैनन् । उनले महानगरिय प्रहरी परिसर काठमाडौंको प्रमुखमा अख्तियारमा कार्यरत एसएसपीद्धय यादवराज खनाल र केदार रिजालमध्ये एकलाई पठाउन अर्याललाई दबाब दिइरहेको स्रोत बताउ“छ ।

लोकमानको पावर देखाउने एसएसपी रिजाललाई यसअघि पनि परिसरमा उल्लेखनिय काम नगरेको भन्दै आईजीपी अर्यालले रुचाएका छैनन् । उता बा“केका काग्रेस सभापतिका छोरा एसएसपी राजेन्द्रमान श्रेष्ठलाई  परिसरमा पठाउन प्रधानमन्त्री सुशील कोइरालाले दबाब दिएका छन् । 

त्यस्तै दलाल र आफूलाई राजनीतिकर्मी भएको भन्न रुचाउने एक समुहले काठमाडौं परिसरमा एसएसपी दिनेश आमात्य ल्याउन लाखौं रुपैया“ पर्ने रक्सीको बोतल फोर्न थालेका छन् । महानगरीय प्रहरी परिसर टेकुका एसएसपी उत्तम कार्कीको समय अबधिको कारण सरुवा हुने निश्चित भएपछि दलालहरु आफू निकट एसएसपी आमत्यलाई ल्याउन रक्सिको बोतलका साथै माफिया ग्याङको भेला र सम्मेलन याक एण्ड यति होटलको स्वमिङ पुलमा र लाजिम्मपाटस्थित
एक रेष्टुरेन्टमा गर्दै आएका छन् । यसको नेतृत्व क्यासिनो दलाल बलराम सापकोटाले गरेका छन् । दलाल सापकोटास“ग एसएसपी अमात्यको अपराध महाशाखामा हु“दा सम्बन्ध प्रकाड बनेको थियो । त्यति बेला सापकोटाले एसएसपी अमात्यको पैसा मिटर व्याजमा लगाई उनलाई आफ्नो बनाएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई आफ्नै बाबु झै ‘केपी बा’ को नामले सम्बोधन गर्ने सापकोटाले आईजीपी उपेन्द्रकान्त अर्याललाई उनै ‘बा’ मार्फत दवाब दिन लगाएको प्रहरी स्रोत बताउ“छ । महानगरीय अपराध महाशाखामा एसएसपी सर्बेन्द्र खनालको सरुवा भएपछि छट्पटाएका दलालहरुले आमात्यलाई परिसरमा ल्याएर राहतको सास र्फेन लागेको स्रोत बताउ“छ  

उता आईजीपी अर्याल भने आफ्नो कार्याकाल सफल भएको महशुस गर्न परिसरमा पनि कसैस“ग नझुग्ने तथा दलालस“ग सम्झौता नगर्ने एसएसपीको खोजीमा छन् । उपत्यकाका तीन जिल्लालाई सुरक्षीत राख्न सके आफ्नो कार्याकाल सफल हुने आईजीपी अर्यालको बुझाई रहेको छ । जसको लागि उनले काठमाडौं परिसरमा आफूलाई बाघको डमरु सम्झने एसएसपी बिक्रमसिंह थापालाई पठाउने तयारीमा छन् । 

अपराध महाशाखा एसएसपी खनाल र ललितपूर परिसरमा एसएसपी पिताम्बर अधिकारीलाई दुई साता अघि नै सरुवा गरेका अर्याल अब काठमाडौं परिसर र आयुक्तको कार्यालयमा सक्षम प्रहरी अधिकृत पठाउनको लागि कसैस“ग सम्झौता नर्गने अडानमा रहेको सचिवालय स्रोत बताउ“छ । स्रोतका अनुसार राजनीतिक दबाबका कारण सरुवाको निर्णय हुन सकेको छैन । अमात्य आफैमा सक्षम प्रहरी अधिकृत भएपनि दलालस“ग उठबस गरेका कारण आईजीपी अर्यालले उनलाई पठाउन चाहेका छैनन् ।

Post a Comment

0 Comments