Subscribe Us

हिन्दूराष्ट्र घोषणाको माग गर्दै बन्द

नबलपरासी । हिन्दूराष्ट्र बचाउ अभियानले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने मागसहित गरेको बन्दले नवलपरासीसहित तीन जिल्लाको जनजीवनलाई प्रभावित गरेको छ । नवलपरासी, चितवन र रुपन्देहीमा बन्दको प्रभाव परेको छ ।
   
संविधानमा धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै तीन जिल्लामा बन्द आह्वान गरिएको हो । बन्दका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ भने बजारसमेत खुलेको छैन । हिन्दूराष्ट्रको माग गर्दै बिहानदेखि विभिन्न स्थानमा उनीहरू भेला भएका छन् ।

 नवलपरासी जिल्लामा राजमार्ग अवरुद्धसहित बजारसमेत बन्द रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । बुटवल, भैरहवाबाट पूर्वका लागि छुट्ने कुनै पनि सवारीसाधन चलेका छैनन् । मोटरसाइकल छिटफुटरुपमा चलेका छन् ।

Post a Comment

0 Comments