Subscribe Us

मृत्यु भएको नाटक गर्ने क्षेत्री दाजुभाई जिबीतै पक्राउ

काठमाडौं । प्रहरीको नजरबाट बच्न मरेको नाटक गर्ने युनीटी प्रकरणका ठग क्षेत्री दाजुभाई पक्राउ परेका छन् । क्षेत्री दाजुभाईलाई  महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको टोलीले भ नेपाल भारतको सिमाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा कृष्ण क्षेत्री र बिष्णु क्षेत्री रहेका छन् ।


एक महिना अघि कृष्ण क्षेत्रीले सामाजिक सञ्जाल  फेसबुकमार्फत  अज्ञात समुहले आफ्नो भाई बिष्णुको गोली हानी हत्या गरेको दाबी गरेका थिए ।  क्षेत्री दाजुभाई युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक सदस्य हुन् ।


 गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्सजस्ता आर्थिक गतिविधि सञ्चालन गरी आम सर्वसाधारणको अर्बौं रुपैयाँ ठगी गरेको भन्दै सरकारले करिब ४ वर्षअघि युनिटीका सञ्चालकमाथि कारवाही शुरु गरेसँगै उनिहरु फरार थिए ।


प्रहरीले डेढ वर्षअघि युनिटीका अध्यक्ष काशी गुरुङलाई पक्राउ गरे पनि क्षेत्री दाजूभाई भने फेला परेका थिएनन् । भारतमा लुक्दै बसेका कृष्ण क्षेत्रीले एक महिनाअघि फेसबुकमार्फत आफ्ना भाई विष्णु क्षेत्रीको गोली हानी हत्या भएको भन्दै झुटो दाबीसहितको प्रचार गरेका थिए ।



उक्त झुटो दाबीपछि प्रहरीले यी दुर्इ दाजुभार्इको खोजी प्रक्रियालाई अझ तीव्र पारेको थियो । पक्राउ परेका क्षेत्री दाजुभाईलाई प्रहरीले शुक्रबार बेलुका ५ बजे सार्वजनिक गर्ने तयारी गरेको जनाएकोे छ ।



यस्तो थियो फेसुबकको नाटक




Post a Comment

0 Comments