Subscribe Us

चितवनका डन पोखरामा पक्राउ, प्रहरी देखी नेतासम्मलाई टेन्सन

चितवन । चितवनलाई आधार क्षेत्र बनाई गुण्डागर्दीमा सक्रिय गुण्डाका नाईके कान्छी भन्ने यमबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।  नेपाली काँग्रेसनिकट  तरुण दलको आवरणमा गुण्डागर्दी गर्ने कान्छीलाई चितवन प्रहरीले शनिवार पोखराबाट पक्राउ गरी चितवन ल्याएको होे । 

दर्जनौ अपराधमा संलग्न कमिला समुहमा आवद्द कान्छी पोखरामा लुकिबसेको गोप्य सुचना चुहावट भएपछि चितवन प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको होे । कान्छीमाथी जबर्जस्ती टेन्डर कब्जा, हप्ता असुली ,ब्यापारीसँग फिरौती  असुल्ने जस्ता आरोप लागेको छ ।

 प्रहरी स्रोतका अनुसार जिल्लाभित्र हुने विभिन्न खालका ग्याङ फाईटमा समेत उनको संलग्नता भेटिएको छ ।कान्छी  लागूअौशध ,हातहतियार र डाका मुद्दामा सँजाय भोगिरहेका कास्कीस्थित लेखनाथका सुटर बिक्रम तामाङको लडाकु हुन । 

 कान्छी हाल पोखराको आपराधिक एलजी समुहसँग नजिकिंदै  दर्जनौ अपराधमा सँलग्न रहेको चितवन प्रहरीले पत्ता लगाएको छ । कार्की  चितवनको कारागार घटनामा मारिएका शिव पौडेलका मुख्य सहयोगी पनि हुन ।  भारतीय नागरिकलाई कुटपिट गरेको आरोपमा दुई बर्ष अघी चितवनकै अर्का गुण्डा नाइके  प्रमेश राई सहित कार्की पक्राउ परेका थिए  । कार्कीलाई छुटाउन नेपाली कांग्रेसका केही नेता र प्रहरीकै केही उच्च अधिकारी लागिपरेको श्रोत बताउँछ  । 

केही दिन अघी जुनियर प्रहरी अधिकृत तालिम शिक्षालय तथा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा असईको आधारभूत तालिमको दिक्षान्त समारोहमा बोल्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफ्नै हाकिमले गलत दबाब दिएपनि त्यसलाई अस्वीकार गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका थिए  । कान्छीको समुहले चार बर्ष अगाडी मैतीदेबिमा अर्का गुण्डा नाईके माईकल भन्ने बिष्णु पाण्डेलाई समेत गोली प्रहार गरी ज्यानलिने प्रयास गरेको थियो ।

 स्रोतका अनुसार उनलाई नेपाल प्रहरीका एक बहालवाला एआईजीको संरक्षण रहेको छ । एआईजीकै आडमा उनी आपराधिक क्रियाकलापमा उनी संलग्न हुदै आएका छन् । गुण्डा नाईके शिब पौंडेल कारागार घटनापरि मारिनु अघि कान्छीकै समुहुले संञ्जय तामाङमाथी गोली चलाएको थियो । त्यतिखेर पौंडेल, प्रमेश राई, कार्की, कान भन्ने अनिल परियार र कुमार गुरुङ  भड्डु पक्राउ परी छुटेका थिए ।

Post a Comment

0 Comments