Subscribe Us

कसले चलाउँछ रिसोट र अपार्टमेन्टमा जुवा अखडा ?

https://encrypted-tbn3.gstatic.com/images?q=tbn:ANd9GcRSCb7F-FuiWggmIxWSCKjKCuzfim5wdIEl0fuPtHMZ0kWGOVRT 
काठमाडौं । प्रहरीले नेपाली जुवाडेलाई क्यासिनो प्रबेशमा पुर्ण रुपमा बन्देज लगाएपछि सुरक्षीत स्थलको खोजी गर्दै जुवाडेहरुको दिन अहिल रिसोट र अपाटमेन्टमा बित्न थालेको छ । जुवाको अखडा थाप्ने दलालहरुलाई प्रहरीले बिषेश निकरानी राखेपछी प्रिपेड जुवा हाउसको नाम दिदै दलालहरुले रिसोट र अपाटमेन्टको कोठामा जुवा खेलाउन थालेका हुन ।  टोल–टोलमा खोलीने अखडाको बारेमा स्थानीयले प्रहरीलाई खबर गर्न थालेपछि अहिले जुवा खेल्नको लागी सुबिधा सम्पर्ण अमाटमेन्ट र रिसोटको कोठा बुक हुन थालेको हो । 

क्यासिनो बन्दपछि प्रहरीले टोल–टोलमा क्यासिनो कै शैलीमा सञ्चालित अखडामा छामा पार्न थालेपछि प्रहरीलाई च्यालेन्ज गर्दै जुवाडे र दलालले गोप्य रुपमा अपाटमेन्ट र रिसोटको कोठामा जुवा खेलाउन थालेका हुन । समाचार स्रोतका अनुसार रानीवारीस्थित ओशो रिसोट अहिले जुवाडेको लागी सुरक्षीत जुवा खेल्ने अखडाको रुपमा परिणत हुन थालेको छ । राम्रै आम्दानी हुने भएपछि रिसोट मालिकै संरक्षणमा त्याहा जुवा खेलाउँन थालिएको सोही रिसोटका एक कर्मचारीले बताए । 

त्याहा जुवाडे अमर तमाङ, अशोक श्रेष्ठ र राम तमाङले जुवा खुलाउँदै आएका छन् । एकै दिनमा उक्त जुवा खालमा ५० लाख माथिको हारजीत हुँदै आएपनि प्रहरीले सुईँको पाएको छैन् । राम तंमाङले त  जुवा खेलाउँनको लागी गौंरीधार र चप्पल कारखाना पछाडी दुई घर नै बिगत १० बर्षदेखी भाडामा लिएर अखडा सञ्चालन गर्दै आएका छन् । 

जुवा खेलाएकै भरमा तमाङसंग करोडौं रुपैंया बराबरको सम्पत्ती जोडेका छन् । उक्त सम्पत्तीको स्रोत खोज्ने हो भने लामाको सबै सम्पत्ती जफत हुने उनकै समकक्षी बताउँछन् । अबैध रुपमा अमेरीकामा मानबतस्करी गर्दै आएका गोपाल बुढाथोकी, रामकृष्ण कुवँर, मिलन लामाको समुह तेस्ता जुवा अखडाका ग्राहक भएको स्रोत बताउँछ । मानबतस्करी कुवँर, लामा र बुढाथोकीले जुवा खेल्ने जुवाडे भेला पार्ने र अमर तमाङ, राम लामाले खेल्ने ठाउँको चाँजोेपाँजो मिलाउँने गरेको जुवाडेहरु बिच चर्चा चल्न थालेको छ । 

अपाटमेन्ट र रिसोट छाडेर केहिले आफ्नो पावरको आडमा घरमै पनि बषैंदेखी जुवा अखडा सञ्चाल गर्दै आएका छन् । यसरी जुवा अखडा सञ्चालन गर्नेमा डिल्लीबजारका प्रभु शमशेर राणा अग्र पङतीमा आउछन् । राणाले डिल्लीबजार कालीकास्थानस्थित आफ्नै घरमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् । गत दशैदेखि तिहारसम्म एक महिनाको अबधिमा सो जुवा घरमा एक अर्ब बराबरको हारजित भएको जुवाडेहरुबीच चर्चा छ । हिजोआज पनि मोबाईल शैलीमा सो अखडा सञ्चालन हुने गरेको स्रोत बताउछ ।

। यस्तै गैशाला राम मन्दिरका लिला उप्रेतीलेपनि ठूलै जुवा अखडा सञ्चालन गदै आएका छन् । उप्रेतीले आफ्नै निवास राम मन्दिर तथा भाडमा लिएका घरमा जुवा सञ्चालन गदै आएका छन् । एक दिन आफ्नौ घरमा अर्को दिन अर्को घरमा गर्दै उपे्रतीले २० बर्ष देखि जुवाको खाल थाप्दै आएका छन् ।

 उता बिगत ५ बर्षदेखि सञ्चालित राणाको जुवाघरको बारेमा नेपालका सबै प्रहरीलाई सूचना भएपनि कसैले छापामार्ने आ“ट गरेको छैन । पूर्ब राजाका ज्याई राजबाहादुर सिंहका भाई हरिस सिहलेसमेत जुवा अखडा सञ्चालन गर्दै आएका छन् । सिंहले बिशालनगरमा जुवा अखडा सञ्चालन गरेका छन् । सिंहको जुवा अखडामा राज परिवारका सदस्य देखि मिटर राजा महेश सिंह, गुण्डाका नाईकेहरुकोसमेत जमघट हुने गरेको स्रोतको दाबी छ । 

बानेश्वरमा रहेको नेत्रकमल छुनामुना बिद्यालय अगाडी मदनबहादुर कंडेलले जुवा अखडा सञ्चालन गर्दै आएका छन् । राजधानीको जुवा अखडामध्ये कंडेलको अखडा टपटेनमा पर्छ । उक्त जुवा अखडामा नेता, कर्मचारी, तस्करी, प्रहरीका हाकिम नै आउने गरेका छन् । ब्यापारी अमृत गुरुङ, कानून क्षेत्रका सुरेन्द्रशमशेर जबरा, नायक भुवन केसीका बुबा मदनबहादुर केसीलगायतका व्यक्तिहरु जुवाका पारखी भएको स्रोत बताउ“छ । त्यस्त,ै बौद्ध चुच्चेपाटी क्षेत्रमा खेमबहादुर श्रेष्ठले क्यासिनो शैलीमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् । 

राजधानीमा लामो समयदेखि जुवा खेलाउ“दै आएका राम लामाले सञ्चालन गरेको जुवाघरमा प्रहरीले पटकपटक छापा मारेपनि लामा भने फुत्किदै आएका छन् । जुवाघरका सञ्चालक लामा लामो समयदेखि राजधानीमा जुवा खेलाउ“दै आएका व्यक्ति हुन् । प्रहरी र सेनाका अधिकृतको घर भाडामा लिएर जुवा अखडा सञ्चाल गर्ने सिन्धुपाल्चोकका नारण खड्कापनि जुवा अखडा थाप्नेमा टप फाईपमा पर्छन । कमलपोखरीका किरण गौतमलेपनि जुवा अखडा सञ्चालन गर्दै आएका छन् । गत बर्ष उनको कमलपोखरी अखडामा प्रहरीले जुवा खेलाएको भन्दै उनलाई समेत पक्राउ गरिएको थियो ।

Post a Comment

0 Comments