Subscribe Us

रानीबारी हत्यामा प्रहरीको अनुसन्धान शंकास्पद
जेलमा भएका चौंहान कसरी भेटिए नयाँबजारमा

काठमाडौ । बर्षले ७० नाघेकी दोलखाकी कुमारी गुरुङ आईतवार भृकुटीमण्डबस्थित रिपोट्स क्लबमा हातमा एक फोटो बोकेर झुल्किईन । क्लवमा रानीवारी हत्याकाण्डको बिषयमा आरोपीतका आफ्न्तले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । 

कार्यक्रममा भाबबिहल अबस्थामा रहेकी कुमारी गुरुङल अभियुक्त मनराज गुरुङकी आम रे छिन । उनले पत्रकारलाई स्पष्ट पार्दै भनिन, ‘मेरो छोराले के ग¥यो के गरेन मलाई थाहा छैन् तर निधारमा घाउ लाग्दा उ १२ बर्षको थियो,  त्यो बेलाको फोटो यहि हो फोटो देखाउँदै गुरुङ भक्कानिएर रोएपछि कार्यक्रममा उपस्थित पत्रकार स्तब्ध बनेका थिए । प्रार्यको आँखा रसाएका थिए । 

जुन घाउ प्रहरीले रानीवारीको काण्ड घटाउँदा अभियुक्त भनिएका मध्य मनराज गुरुङको निधारमा लागेको दाबी गर्दै आएकोे थियो । तर यसको बास्तबिकता ति ७० बर्षीय आमाले उजागर गरेपछि  नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआईबीले काहानी बनाएर रानीवारी काण्डमा आफू सफल भएको भ्रम फैलाएको उजागर हुन थालेको छ । चर्चीत रानीवारी हत्याकाण्डमा सिआईबीले झुटा प्रमाण र किर्ते कागजात तयार पारी अदालतमा मुद्दा दर्ता गरेको आरोप उनिहरुको परिवारले लगाएको अबस्थामा त्यसलाई पुष्टि गर्ने प्रमाणसमेत उनिहरुले पत्रकारको हातमा थमाएका छन् । 

प्रहरीको साक्षी काठडमाडौं २६ सिआईबी ५० को बयानलाई आधार मानेर सिआईबीले उक्त घटनामाा मनराज गुरुङ र प्रमेश चौंहानलाई अभियुक्त बनाउँन सफल भएको छ । सिआईबीको साक्षी ५० ले १८ औं सार्क सम्मेलन सकिएको एक दुई दिन पछाडी अर्थात २०८६ सालमा नयाँबजार स्थित शोभा भगबती तिर जाने बाटोमा भेट भई प्रमेश चौंहानले रानीवारी हत्याकाण्ड हामीले घटाएको भनेर बताएको दाबी गरेपनि अन्तत उक्त दाबी सिआईबीले भ्रम  छर्न सिर्जना गरेको काहानीमा साबीत भएको छ । 

त्यस ताका नयाँबजारमा भेटिएका भनिएका प्रमेश चौंहान लिलामायाँ गिरीलाई हत्या गरेको अभियोगमा कारागारमा सजयाँ काटिरहेको जानकारी उनकी श्रीमतीले पत्रकार सम्मेलन मार्फन सार्बजनिक गरिन ।  उनले भनीन २०६८ मा प्रमेश कारागारमा रहेको कुरा दोलखा जिल्ला कारागारको रेकडले पुष्टि गर्ने भन्दै चौंहान २०६९ असोजमा थुना मुक्त भएको जानकारी दिईन् ।’


१२ बर्षअघि भएको उक्त हत्याकाण्डकोे अभियोगमा हाल थुनामा रहेका मनराज गुरुङ र प्रमेश चौहानका परिवारले व्यूरोको अनुसन्धानमाथि गम्भिर प्रश्न उठाउँदै झुटो बिबरण पेश गरी प्रहरीले फसाउँन खोजेको आरोप लगाएका छन् । आफू सफल हुनलाई दुनियाँको घरबार बिर्गान पाईदैन् । यसको न्याययिक छानबिन हुन पर्छ ।  पत्रकार सम्मेलनमा उनीहरुले अदालतमा बिचाराधिन मुद्दालाई गृह मन्त्रालयले सफल अनुसन्धान गरेको भन्दै व्यूरोका प्रहरीलाई सम्मान गर्नु अदालतमा बिचाराधिन अबस्थामा रहेको मुद्धालाई नियतबस प्रभावित  पार्न खोजेको भनि दाबी गरे ।

मनराजकी श्रीमति ललितले प्रहरीले अनुसन्धानको क्रममा हत्यारा भनिएका मनराज र प्रमेशलाई रानीवारी हत्याकाण्डको प्रमाण नखोजी राजधानीका कन्ट्रयाक किलर भएको पुष्टि गर्न खोज्ने तर हत्याको योजनाकार र आदेश दिने अभियुक्त पहिचान भइसकेको भनेपनि १२ बर्षसम्म पक्राउ नर्गेनुले बास्तबिक अभियुक्तलाई राजनीतिक संरक्षण भएको पुष्टि हुन्छ ।’ उनले रानीबारी हत्याकाण्डका मुख्य अभियुक्त भनिएका इश्वर गुरुङ र प्रकाश लामालाई पक्राउ नगरेको, अभियुक्त भनि प्रहरीले पहिले नैं प्रकाशित गरेको स्केचसँग प्रमेश र मनराजको अनुहार नमिलेको, ब्लड ग्रुप नमिलेको भन्दै सीआईबीको सबैजसो किर्ते कागजात तयार पारेको दाबी गरिन ।’

 सिआईबीलाई बयान दिने क्रममा साक्षी भनिएका काठमाडौं २६ सिआईबी परिर्बतित नाम ४९ र ५० ले अनुसन्धानको क्रममा प्रहरी समक्ष उक्त घटना मनराज र प्रमेशले घटाएको भनेर कागज गरेको भनिएतापनि अदालत समक्ष बयान दिँदा प्रहरीले आफुहरुलाई जबरजस्ति लेखीएको व्याहोरा पढ्न नदिई सहिछाप गराएको भन्दै अदालतमा बकपत्र गरेपछि सिआईबीको अनुसन्धान शंकाष्पद भएको हो । सिआईबीले आधार र प्रमाण नभई मनगड्न्ते काहानी बनाई मनराज र प्रमेशलाई पक्राउ गरी जबरजस्ति हत्याको अभियुक्त बनाई आफू सफल अनुसन्धान अधिकृत भएको देखाउन खोजेको सिआईबीले नै तयार पारेको मिशीलले उजागर गरेको छ ।  

 गुरुङले सुपारीको काम गरी अकुत सम्पति थुपारेको भन्दै पेश गरेका सम्पति बिबरणका कतिपय कागजात झुटो र फर्जी मिशीलमा संलग्न गर्दै सिआईबीले अदालतमा मुद्दा दर्ता गरेको दाबी गरीन । उनले भनिन, ‘मेरो नाम ललिता अधिकारी हो, श्रीमानको नाम मनराज गुरुङ हो, तर प्रहरीले काठमाडौं मनपा ५ का सुरेश गुरुङकी श्रीमती ललिता गुरुङको धनीपुर्जा पेश गरेर हाम्रो अकुत सम्पत्ती भएको पुष्टि गर्ने दुस्प्रयास गरेको छ, सासु कुमारी गुरुङ भनी पेश गरेको जग्गाको धनीपुर्जामा ससुराको नाम नमिल्ने बिबरण पेश गरेर अदालतलाई समेत भ्रममा राखेको  छ ।’ उनले दुबै अभियुक्तको फ्रिङ्गर प्रिन्ट, ब्लड गु्रप प्रहरीले दाबी गरेबमोजिम नमिलेपछि तत्काल नमुन संकलन गरी परिक्षण गर्न माग गर्दा अस्विकार गरेकोले प्रहरी अनुसन्धान झनै शंकास्पद बनेको दाबी गरिन् ।

Post a Comment

0 Comments