Subscribe Us

पार्टी नेतृत्वका लागि मैले फर्कन मिल्ने अवस्था छैन — पौडेल,
६०÷४० को भागवण्डाको अन्त गर्न नेता कार्यकर्ताको सुझाव

 काठमाडौं । पार्टी, प्रजातन्त्र, राष्ट्र र जनताको हितको लागि १३ औ महाधिवेशनमा पार्टीको नेतृत्व लिन नेपाली काँग्रेसका उपसभपाति रामचन्द्र पौडेललाई नेता कार्यकर्ताले सुझाव दिएका छन् । 

पार्टीभित्र ६०÷४० को भागवण्डाको अन्त गरी संगठनलाई विधिसम्मत, संस्थागत, सामूहिक नेतृत्व र पद्धतिका आधारमा चलाएर संगठनलाई जीवन्त र सशक्त बनाउन पार्टीको नेतृत्व लिन उपसभापति पौडेलसमक्ष पार्टीका नेता कार्यकर्ताले आग्रह गरेका हुन् । विपक्षी पार्टीसँग वैचारीक एवम कार्यक्रमिक ढंगले खरो प्रतिस्पर्धामा उत्रेर आम नेपाली जनताको पार्टी बनाउने गरी उपसभापति पौडेललाई नेतृत्वका लागि अघि बढ्न नेता कार्यकर्ताले सुझाएका हुन् । 

    पार्टीका केन्द्रीय सदस्य, सभासद, जिल्ला सभापति, भातृसंस्थाका अध्यक्ष एवम प्रतिनिधि, अगुवा नेता एवम कार्यकर्ता सहभागी राजधानीको ववरमहलको किंग्स केलजमा आयोजित अन्तक्र्रियाका वक्ताले भागवण्डाको राजनीति अन्त गरी वैचारीक, सांगठनिक र विधिसम्मत ढंगले पार्टी चलाउन पनि नेतृत्व लिन अग्रसर हुन आग्रह गरेका थिए ।  

    विपीको प्रजातान्त्रिक विचार अनुरुप कृषि, पर्यटन, जलस्रोत र औधोगिक क्रात्ति मार्फत आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माणको कार्यलाई अघि बढाउन खासगरी पार्टीको केन्द्रीय प्रशिक्षण प्रतिष्ठान विभागले तल्लो तहसम्म पुगेर वैचारिक, नीतिगत र समसामयिक राजनीतिका विषयमा प्रशिक्षण चलाई पार्टीलाई जनतामाझ पुरयाएर चलायमान एवम जीवन्त बनाउँदै गत निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सहयोग गर्नुभएको भन्दै उपसभपति पौडेलको सो अवसरमा प्रशंसा गरिएको थियो । पार्टी केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीभित्र ५२ वटा विभाग रहेपनि प्रशिक्षण प्रतिष्ठानले चलाएको प्रशिक्षण कार्यक्रमले पार्टीलाई चलायमान र जीवन्त बनाएको बताए । 

    “पार्टीभित्र ६०÷४० को भागवण्डाको अन्त जसले गर्छ उसैलाई मेरो साथ रहन्छ, व्यक्तिको चित्र र सत्ता हेरेर होइन नीति, चरित्र, विचार, सक्रियता र सत्य वोल्नेलाई साथ हुन्छ,” नेता केसीले भने ।  

    उनले पार्टीका विभागहरु सक्रिय नभएको, कार्यसम्पादन समिति गठन नभएको, विधि एव संस्थागत ढंगले पार्टी नचलेकोले पार्टी नेतृत्व असक्षम, असफल भएको आरोप लगाउँदै महाधिवेशनलाई वास्तवीक एकता, संस्थागत र विधिसम्मत चल्ने संगठनको महाधिवेशनमा रुपान्तरण गर्नुपर्ने बताए ।  

    उपसभापति रामचन्द्र पौडेलले भने महाविधेशन नजिकिदै गएको सन्दर्भमा पार्टीका नेता एवम साथीहरुसँग केही सल्लाह गर्न बाँकी रहेपनि कुनै पनि आधारमा आफू र्फकने अवस्था नरहेको स्पष्ट पारे ।  

    “ पार्टीमा मैले धेरै अन्याय भोगेको छु, कुनै पनि आधारमा अव मैले फर्कन मिल्ने अवस्था छैन,” उपसभापति पौडेलले भने ।  उनले पार्टी केन्द्रीय सदस्य केसी तर्फ देखाउँदै ६०÷४० को भागवण्डाको अन्तगर्न हामी एकै ठाउँमा उभिनुपर्छ भन्दै मोही माग्ने ढुंग्रो लुकाउने काम आफ्नो नभएको स्पष्ट पारे ।  

“ आफ्नो स्वार्थका लागि पार्टी, प्रजातन्त्र र राष्टलाई जोखिममा पार्ने काम विगतमा कसले गरेको छ त्यसको मूल्यांकन हुनुपर्छ, गुटवन्दी, चाटुकारिता र दासानुदास बन्ने प्रवृत्तिलाई त्याग्नुपर्छ,” उपसभापति पौडेलले भने । 

    ग्रामीण स्ववालम्वन, निमुखालाई न्याय विपन्नलाई आय, कृषि, पर्यटन,जलस्रोत र आधौगिकीकरणका आधारमा नयाँ नेपाल निर्माण जस्ता विचार  कार्यक्रम तथा प्रशिक्षण प्रतिष्ठानका माध्यमबाट देशव्यापी प्रशिक्षण चलाएर पार्टीको नीति  र विचारलाई जनताका माझ लगेर पार्टीलाई सशक्त बनाउन र पहिलो पार्टी बनाउन आफूले काम गरेको पनि उपसभापति पौडेलले बताए ।  

    पार्टी, प्रजातन्त्र र देशका लागि आफूले सधै जोखिम उठाउने गरेको चर्चा गर्दै उपसभापति पौडेलले नेतृत्व लिन आफूलाई आँट गर्न भन्ने गरिएको सन्दर्भमा भने काँग्रेसलाई कब्जामा राख्न हैन वैचारीक रुपले प्रतिस्पर्धीसँग खरो रुपमा उत्रन र जनताको साथ लिन आफ्नो नेतृत्व आवश्यक रहेको बताए ।  

    सभासद रामकृष्ण घिमिरेल ६०÷४० को भागवण्डाको अन्त गर्न र पार्टीलाई आधुनिक युगमा नयाँ कार्यक्रम र विचारका साथ अघि बढाउन नेतृत्व लिनकालागि  अघि सर्न आग्रह गरे । पूर्व सभासद मोहन पाण्डेले पार्टी भगवान भरोसा चलेकोले विचारका माध्यमबाट काँग्रेसलाई हाक्न ६०÷४० को बाँडचुड अन्त गरी पार्टीलाई कुशल नेतृत्व दिन उपसभापति पौडेललाई आगामी महाधिवेशनमा नेतृत्वका लागि  साहस गर्न अनुरोध गरे ।  

    नेपाली काँग्रेस कालिकोटका नेता एव नेविसंघका पूर्व उपाध्यक्ष भुपेन्द्रजँग शाहीले देशभरि प्रशिक्षण चलाएर गत निर्वाचनमा पार्टीलाई पहिलो नम्वरमा पुरयाउन योगदान पुरयाउनुभएको तथा विचार, सक्रियता, संगठन र इतिहास पनि भएको व्यक्तित्व भएकोले  उपसभापति पौडेलले नेतृत्व लिन ठूलो चित्त लिएर साहससाथ आउनुपर्ने धारणा राखे । सभासद रञ्जित कर्णले वैचारीक रुपले पार्टीलाई अघि बढाउन उपसभापति पौडेलले देशव्यापी रुपमा प्रशिक्षण अभियान चलाउनुभएको भन्दै पौंडेलको प्रशंसा गरे ।  

    कार्यक्रममा वोल्ने अधिकांश वक्ताले संविधान जारी गर्ने समय र पार्टीको महाधिवेशन एकै समयमा पर्ने भएकोले त्यसलाई सहज बनाउन नेतृत्वले पहल गर्नुपर्ने बताउँदै सीमांकन सहितको संविधान ल्याउनुपर्नेमा जोड दिएका थिए ।  उनिहरुले जनताले दिएको सुझावलाई समेटेर संविधान ल्याउनुपर्ने, सीमांकन सहितको संविधान जारी गर्नुपर्ने, दलित, महिला, जनजाति, आदिवासी, अल्पसंख्यक, मुस्लिम, महिलाको हक अधिकार संविधानमा सुनिश्चित गर्नुपर्नै लगायतका सुभावहरु दिएका थिए ।  

    कार्यक्रममा सभासदहरु कमला पन्त, प्रकाश पौडेल, दीपक कुईकेल, राजन केसी, सीतादेवी यादव, कल्पना सोव, सीताराम भण्डारी, रेशम वानीया, सकलदेव सुतियार, तारणीदत्त चटौत, भरत खड्का, डा। चन्द्रमोहन यादव तथा पूर्व मन्त्री खड्गबहादुर वस्याल लगायतका वक्ताहरुले संविधान तथा पार्टीको गतिविधिबारे आआफ्नो धारणा व्यक्त गरेका थिए ।

Post a Comment

0 Comments