Subscribe Us

झुटा विवरण पेस गरी नागरिकता बनाउने पक्राउ

काठमाडौँ, १७ असार । झुटा विवरण पेस गरी नागरिकता बनाउने  भारत कालिपोङका सन्तोष राईलाई ललितपुर प्रहरीले आज पक्राउ गरेको छ ।

 प्रहरीका अनुसार भारत कालिपोङ घर भई हाल ललितपुर उपमहानगरपालिका बस्दै आएका राईले जिल्ला प्रशासन कार्यालय झापामा झुटा विवरण पेस गरी २०६९ चैत २४ मा  ०४–०१–६९–१३९४४ नम्बरको किर्ते नागकिता बनाएका थिए ।

 विशेष सूचनाका आधारमा अपराध शाखा ललितपुरको टोलीले  राईलाई नागरिकतासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा पठाएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले जानकारी दिए

Post a Comment

0 Comments