Subscribe Us

जुवा अखडाको कारण हरिशलाई हटट्याक,
राजाको ज्याई राजबहादुर पनि ठगी धन्दामा

काठमाडौं । राजधानीकोे मुटु दरबारमार्गको याक एण्ड यति होेटलमा सञ्चालित क्यासिनो रोयल सदाको लागी बन्द भएपछि क्यासिनोका मालिक राजबाहादुर सिंहको भाई हरिश सिंहलाई हटट्याक आएको समाचार छ । सिंहलाई हटट्याक आएपछि तत्काल गंगालाल अस्पताल पु¥याएको क्यासिनो स्रोतले बताएको छ । होटल याक एण्ड यतिले क्यासिनोसँग भएको सम्झौता आईतवार खारेज गर्दै पुनः उक्त ठाउँमा क्यासिनो खोल्न नदिने जनाएपछि सिंहलाई हटट्याक आएको हो । 

होटलले सम्झौंता अनुसारको भाडा चुक्का नगरेको दाबी गर्दै सम्झौता खारेज गरी क्यासिनो बन्द गराउन गत साता जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो । क्यासिनोले बिगत ६ बर्ष देखी अहिले सम्मको गरी ३२ करोड भाडा नतिरेको होटलको दाबी छ । होटलको तर्फबाट प्रशासन कार्यालय पुगेका दिनेश मुक्तानलाई सिंहले गुण्डाको प्रयोग गर्दै प्रशासन कार्यालय परिसरमै गाली गलौजका साथै कुटपीट गर्न थालेपछि आक्रोशित भएका प्रशासनका प्रमुख एकनाराण ढकालले तत्काल क्यासिनो बन्द गर्न आदेश दिएका थिए ।

 जुनको कार्यान्वय आईतवार सम्पर्ण भएको हो । पूर्ब राजाका ज्याई समेत रहेका राजबाहादुर उनका भाई हरिशले क्यासिनो चलाउँने र बिचबिखन गर्न नाममा करोडौं रुपैंया ठगी समेत गरेको खुलासा भएको छ । क्यासिनो बिक्री गर्ने भन्दै सिंह दाजुभाईले एक बर्षको अबधिमा  आधा दर्जन समुहलाई होटल बिक्री गर्ने नाममा पैसा असुलेको उजागर हुन थालेको छ ।

 पछिल्लो समय सिंह दाजुभाईले भारतीय मुलका व्यापारी आषिश पटेललाई क्यासिनो बेच्ने नाउँमा १० करोड असुलेको कुरा क्यासिनो सदाको लागी बन्द भएपछि उजागर भएको हो । दुई महिना अघि सिंह दाजुभाईले २० करोड क्यासिनोको मूल्य राखी पटेलसँग १० करोड असुल्न सफल भएका थिए  । पटेलको सोझो पनको फाईदा उठाउँदै सिंह दाजुभाईले दुई साता देखी गुण्डा परिचालन गर्दै पटेललाई क्यासिनो समेत छिर्न नदिएको क्यासिनो कर्मचारी बताउँछन् । 

सिंह दाजुभाईले क्यासिनो सञ्चालन गर्ने नाउँमा ठगी धन्दा सुरु गरेको कुरा होटल मालिक सराफले थाहापाएपछि उनिले पटेललाई समर्थन गर्दै क्यासिनो सदाको लागी बन्द गराउँने निर्णय गरेका हुन् । होटलकोे निबेदन माथी प्रशासन कार्यालयले सुनवाई गर्दै कानून सम्बत् रुपमा सम्झौंता खारेज गरेपछि आईतवार क्यासिनोको होडिङ बोडधरी होटल हटाएको छ । आईतवार प्रशासन, वडा, र स्थानिय प्रहरीको रोभरमा क्यासिनो रोएल सदाको लागी बन्द भएको हो । उक्त क्यासिनो बन्दसंगै सयौं मजदुरले करोडौं रुपैंया पारिश्रमिक गुमाउँनुको साथै बिरोजगार बन्न पुगेका छन् । 

उता सिंह दाजुभाईले भने पूर्ब राजाको ज्याई हुँ भन्दै क्यासिनो बिक्री गर्ने नाउँमा असुलेको रकमको हिसाब किताब नगरी उल्टै व्यापारीलाइ थर्काउन थालेका छन् । सिंह दाजुभाईले पटेललाई बिक्री गर्नु अगाडी एक चाईनीज गुरुप, भारतिय मुलका जितु भाईसंग तिन तिन करोड असुलेको स्रोतको दाबी छ । क्यासिनोमा म्यारिज टेबुल चलाउँन दुई करोड डिपोजिट गर्ने क्यासिनो किङ बलराम सापकोटा उफ दलाल बलेपनि क्यासिनो बन्द भएपछि हिस्स भएका छन् । गुण्डाको प्रयोग गरेर भएपनि दुई करोड उठाउँने सोचमा क्यासिनो दलाल बले रहेको उनि निकट स्रोत बताउँछ ।

Post a Comment

0 Comments