Subscribe Us

सिआईबीको ‘अप्रेशन ईगल’ पनि नकाम, पुनः सक्रिय भए युवती तस्करी गर्ने गिरोह

काठमाडौं । नेपाली युवतीलाई मोडलिङको बहानामा बिदेशी मुलमा तस्करी गर्ने गिरोहका नाईकेलाई प्रहरीले पक्राउ गरेपनि कमजोर अनुसन्धानकोे कारण अदालतबाट मुक्त भएका छन् । 

मुक्त भए लगत्तै गिरोहले पुनः सोही पेशालाई अंगालेको समाचार पात्त भएको छ । गिरोह पक्राउ पछि भागदौड गर्दै सुरक्षीत स्थलको खोेजी गर्दै भारतको सिक्कीम र योवा पुगेका युवती तस्करको समेत मनोबल बढेको छ । 

उनिहरु समेत पुनः राजधानीमा प्रबेश गरी तस्करीको धन्दा सुरु गर्न थालेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले ‘ अप्रेशन ईगल’ नाम राखेर सुरु गरेको अप्रेशनमा युवती तस्करी गर्ने गिरोहका एक दर्जन नाईके पक्राउ परेका थिए ।

 ति मध्य राजधानीका ठूलो नाईके नबिन दाहाललाई अदालतले धरौंटीमा छाडेपछि उनले फरी युबती तस्करी गर्न केटी खोज्दै डान्स र डिस्कोे धाउन थालेको उनि निकट स्रोत बताउँछ । उनको पक्राउसँगै युवती तस्करीमा संलग्न तथा उनका सहयोगी फरार भई राजधानी छोडेर गोवा र सिक्किम पुगेको थिए ।

 युवती तस्करीमा संलग्न कालीमाटीस्थित एके डान्सवारका सञ्चालक ज्ञानु श्रेष्ठ, नयाँबस्तीका दीपक, नयाँबानेश्वका नरेश, मैह्पीका गोपाल लामा, प्रकाश नामले चिनिने रेष्टुरेन्टका डान्सर दुई महिना अघि फरार भएर गोवा र सिक्कीम पुगेका थिए । तर दाहाललाई अदालतले धरौंटीमा छाड्ने आदेश गरे लगत्तै उनिहरु राजधानी आएर युवती तस्करीमा संलग्न हुन थालेको स्रोत बताउँछ । दुई महिना अघि  सिआईबीले डान्सबारका सञ्चालकसहित युवती तस्करीमा संलग्न १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेलगत्तै उनीहरुले फरार भएका थिए । 

सिआईबीले ईमाडोलका ३४ बर्षीय राजन भन्ने राजेन्द्र सुवेदी खत्री, कालोपुल बस्ने ३७ बर्षीय सविन श्रेष्ठ भन्ने सविन राजा मानन्धर, भारत नयाँ  दिल्ली घर भएका २७ बर्षीय रियान भन्ने तरुण्ाँरोजना खनवाल, काठमाडौं  सानो भ¥याङग बस्ने ३२ बर्षीय ललितराज सिंह सुवाल, मोरङग विराटनगर–७ घर भई ललितपुर एकान्तकुना बस्ने ३२ बषर््ीय सुनिल अधिकारी, सिनामंगल बस्ने ३४ बर्षीय केदारबहादुर खड्का र धनकुटाका घर भई मैतिदेवी बस्ने ३४ बर्षीय नविन दाहाललाई मानब तस्करी गरेको अभियोगमा मुद्दा चलाएको थियो । सिआईबीले मानब बेचबिखन तथा ओसारपसार र अकुत सम्पत्ती थुपारेको भन्दै सम्पत्ती सुद्धिकरण बिभागलाई समेत मुद्दा चलाउन अनुरोध गरेको थियो । स्रोतका अनुसार सो मुद्दा समेत अदालतमा बिचाराधिन अबस्थामा छ ।



तर प्रहरी अनुसन्धान फितलो हुँदा पक्राउ परेका मध्य राजन केसी भन्ने राजन सुबेदी, नबिन दाहल लगाएतका गिरोह अदालतबाछ छुट्न सफल भई पुनः सोही धन्दाको शुरुवात गर्न थालेका हुन । गिरोहले नेपाली युवतीलाई बिभिन्न प्रलोभन देखाई रेष्टुरेन्टमा काम गर्ने भन्दै तान्जानिया, केन्या, युएई, बहराईन, मेलशिया, युगान्डा, ओमानलगायतका मुलुकहरुमा पठाउँदै आएको सिआईबीको अनुसन्धानबाट खुलासा भएको थियो । पछिल्लो समय फेरी राजधानीमा दुई दर्जन युवती तस्कर सक्रिय हुँदै आएका छन् ।


 समाचार स्रोतका अनुसार जेल मुक्त भएका नबिन दाहाल, राजन केसीका साथै सुजन दाहल, एके रेष्टुरेन्टका सञ्चालक ज्ञानु श्रेष्ठ, काले भन्ने हिमाल, अनिल, शैलेन्द्र, शैलेस, दु्रलभ, ज्ञानुको साला, दिनेश, नरेश, गोपाल गुरु, न्यूरोडको नटराज डान्सबारकी सञ्चालिका भाबना, रोहीत काले, क्यासिनोमा डान्स गुरुप सञ्चाल गर्ने मिलन लामा,  कोटेश्वरको शेखर लामा, भक्तपूरका रमेश बुढाथोकी चक्रपथका हेम लामा, सुरज लामाको आपराधीक समुहमा राजधानीमा सक्रिय रहेको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments