Subscribe Us

खुङखार मुर्ती चोर प्रहरीको फन्दामा,
जसले घर देखी मन्दिरको मुर्ति समेत छाडेनन्

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले एक दर्जन चोरीमा संगल्न दोलखाका टिका बहादुर केसीलाई पक्राउ गरेको छ । उपत्यका लगायत उपत्यका बाहिरका जिल्लाहरुमा समेत चोरी गर्दै आएका ३२ बर्षीय केसीलाई महाशाखाले बुधवार पक्राउ गरेको हो । प्रहरीको आँखा छल्न राजधानीका बिभिन्न ठाउँमा डेरा सर्दै आएका केसीलाई महाशाखाले चोरी गरीएको ४० ईन्चको एक कगलनसमेत बरामत गरेको जनाएको छ । 

गत १६ चैतमा केसीको आपराधिक समुहले स्वयम्भु स्थित लेडनाल रुईटको घरको ढोका फोडी एक लाख बराबरको धनमाल चोरी गरेको खुलासा समेत भएको महाशाखाले जनाएको छ । त्यस्तै केसी नाईके भएको गिरोहले गत बैशाखमा नयाँबस्तीस्थित फु डोमा शेर्पाको घरमा कोही नभएको मैका पारी नगत तथा सुनका विभिन्न धनमाल समेत गरी अन्दाजी  चार लाख बराबरको लुटपाट गरेको प्रहरीले जनाएको छ । 

गिरोहले माकलबारी कमला भटराईको घरमा कोही नभएको मौका पारी नगद तथा सुनचाँदीका गरगहना समेत गरी ११ लाख,  नयाँवस्ती स्थित राजन योञ्जनको घरवाट नगद तथा सुन चाँदीको गर गहना तथा सोनी ल्याटप तथा क्यानोन क्यामेरा चोरी गरेको तथा नागार्जुन स्थित रितु केसीको घरवाट नगद तथा सुन चाँदी , टिभि लगायतका विभिन्न धनमाल समेत गरी ६ लाख बराबरको धनमाल चोरी गरेको महाशाखाको अनुसन्धानबाट खुलासा भएको छ । गिरोहले गत जेठमा दोलखाको जिरी ८ स्थित छोइलि गुम्बावाट प्राचिन बुद्धको मुर्ती लगायतका विभिन्न सुन चाँदीका गरगहना समेत चोरी गरी लगेको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments