Subscribe Us

प्रहरी पक्राउ गर्ने अदालत छाड्ने, फेरी पक्राउ परे ठगका नाइके चापागाईं

काठमाडौँ, २६ असार । ठगीको अभियोगमा जिल्ला अदालतमा मुद्दा खेपीरहेका एक अभियुक्त पुनः ठगी मुद्दामै पक्राउ परेका छन् । गत ९ चैतमा बिभिन्न व्यक्तिलाई जागिर लगाई दिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा महानगरीय अपराध महशाखाले पक्राउ गरेका राजकुमार चापागाईंलाई फेरी महाशाखाले ठगीको आरोपमा पक्राउ गरेको हो ।

 बालुवाटार बस्ने निलिमा महर्जन र आकृति डङ्गोललाई गृहमन्त्रालयको खरिदार पदमा स्थायी नियुक्ति दिलाइदिन्छु भनी रु चार लाख लिई ठगी गर्ने गोलढुङ्गाका चापागार्इंलाई महाशाखाको टोलीले सुक्रवार पक्राउ गरेको हो । चापागाईं यसअघि पनि विभिन्न व्यक्तिलाई जागिर लगाइदिन्छु भन्दै ठगी गरेकामा महाशाखाबाट गत वर्ष चैत ९ गते पक्राउमा परी पछि धरौटीमा रिहा भएका थिए ।

    जागिर दिने विश्वास दिलाउन सिंहदरबारभित्र अर्थमन्त्रालयको क्यान्टिन, लोकसेवा आयोगको भवन र गृहमन्त्रालयसम्म पीडितलाई पु¥याई कर्मचारीको नक्कली सञ्चयकोष परिचयपत्रसमेत बनाई विश्वासमा पारी खरिदारमा नियुक्ति दिने प्रलोभन दिएको अनुसन्धानका क्रममा खुल्न आएको छ ।
 
चापागार्इंले स्वास्थ्य मन्त्रालयको रिसेप्सनिस्ट बनाइदिने भनी काठमाडौँकी सृष्टि रञ्जितबाट रु २५ हजार, मकवानपुर, हेटौँडा बस्ने सुदिप पाण्डेबाट रु एक लाख ७१ हजारसमेत लिएको खुल्न आएको र ऊ विरुद्धको ठगी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ

Post a Comment

0 Comments