Subscribe Us

महिला र बालबालिकाको बेचबिखन रोक्नु चुनौतीपूर्णः आईजीपी अर्याल

काभे्रपलाञ्चोक, १७ असार । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भूकम्पपछि महिला, बालबालिकाको बेचबिखन र ओसारपसार रोकथामका लागि प्रहरी सक्रिय रहेको जिकिर गरेका छन् । 

प्रहरीको अपराध अनुसन्धान विभागले आज आयोजना गरेको  मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतनामूलक कार्यक्रममा महानिरीक्षक अर्यालले पहिले भारतमा लगेर नेपाली महिलाको बेचबिखन हुने गरेकामा अहिले तान्जानिया र  केन्यासम्म बेचबिखनका लागि लैजाने फरक शैलीको विकास हुँदा यसको नियन्त्रण थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि नयाँ बालगृह सञ्चालनमा रोक लगाउने, जिल्ला बाल कल्याण समितिको अनुमतिबिना बालबालिका स्थानान्तरण गर्र्न नपाइने र अबका तीन महिना अन्य देशमा धर्मपुत्रपुत्रीका रुपमा बालबालिका लैजान रोक लगाएको जानकारी दिईन । 

काठमाडौँ विवि पूर्वउपकुलपति डा सुरेशराज शर्माले महिलालाई अनिवार्य शिक्षा दिनु र  सशक्तीकरण गर्नु नै बेचबिखन रोक्ने उपयुक्त उपाय भएको बताईन  । जिल्लाका प्रजिअ सुदर्शन ढकालले भूकम्पछि जिल्लाका घर भत्किएर पालको बास भएको अवस्थामा महिला र बालबालिकाको सुरक्षा प्रमुख चिन्ताको विषय भइरहेको बताए । कार्यक्रममा महिला बेचविखनविरुद्धका वृत्तचित्र र साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

Post a Comment

0 Comments