Subscribe Us

राजबहादुरलाई बिश्वास गर्दा क्यासिनो किङ सापकोटालाई पाँच करोड चुना

काठमाडौं । क्यासिनोमा अवैध लगानी र ‘मिटर व्याज’ को धन्दाबाट अर्बपती बनेका काभ्रेका बलराम सापकोटा उर्फ ‘बले’ लाई पूर्बराजा ज्ञानेन्द्र शाहका ज्वाँई राजबहादुर सिंह र उनका भाई हरिशबहादुर सिंहले पाँच करोड भन्दा बढी रकम ठगी गरेका छन् ।

 क्यासिनोमा म्यारिज टेबुल सञ्चालन गर्न सिंहलाई दिएको पेस्की वापतको दुई करोड र तीन करोड सापटीसहित कुल पाँच करोड फिर्ता नहुने अबस्थामा पुगेपछि सापकोटा तनावमा परेका छन् ।

दुई साता अघि पूर्व राजाका ज्वाँई सिंहले सञ्चालन गरेको दरबारमार्गस्थित याक एण्ड यति होटलमा सञ्चालीत क्यासिनो रोयल बन्द भएपछि सापकोटाको पाँच करोड डुबेको हो । सर्वसाधरण व्यापारी र भारतीय जुवाडेलाई सापकोटाले बिभिन्न बहानामा क्यासिनोमा पु¥याएर लुट्दै आएका छन् । स्रोतका अनुसार दुई बर्ष अगाडि सापकोटाले भारतको दिल्लीबाट तास देखिने चस्मा ल्याई जुवाडेहरुलाई उल्लु बनाएर सय करोड ठगी गरेका थिए । 

त्यतिखेर ठगिनेमध्येमा मिटर व्याजका नाईके ललितपुर एकान्तकुनाका महेशबहादुर सिंहसमेत परेका थिए । चस्माको प्रयोग गरी आफूलाई जुवाबाट तीन करोठ ठगी गरेको सिंहले थाहा पाएपछि सापकोटालाई गाली गलौजसमेत गरेका थिए । गत दशैमा  राजबहादुर कै छाउनीस्थित घरमा जुवा खेल्दै गर्दा मिटर व्याजका नाईके सिंहले सापकोटालाई तथानाम गाली गर्दै लुटेको आरोप लगाएका थिए ।

सिंहले आरोप लगाईरहँदा सापकोटा भने कुनै जवाफ नफर्काई चुप लागेर बसकेका थिए । एक दशक अघि क्याबिन रेष्टुरेन्ट हुँदै डान्सबारका संञ्चालक बनेका सापकोटा यतिखेर रातारात करोडपनि बन्न पुगेका छन् । ठमेल ज्याँठास्थित जुगल डान्सबारमा २५ प्रतिशत शेयरका मालिक सापकोटाले रेष्टुरेन्टमा आउने मिट्ठु नामक मारवाडी व्यापारीलाई क्यासिनोको लतमा फसाएर घर न घाटको बनाई आफू भने करोडपती बन्न सफल भएका थिए । रेष्टुरेन्टमा धेरै पैसा खर्च गरेको देखेपछि सिमेन्टका डिलर मिट्ठुलाई नशाको सुरुमा क्यासिनो पु¥याई उनले करोडौं रुपैयाँ असुल्न सफल भएका थिए । यो त भयो सापकोटाको शुरुको राम कहानी ।
 
यसरी सुरु भयोे दलाली
 
वि.सं. २०६०/६१ साल तिर जुगल रेष्टुरेन्टका सञ्चालक रहेका सापकोटाले रेष्टुरेन्ट आउने भिआईपी ग्राहकलाई जुवामा पैसा जित्ने आशा देखाएर क्यासिनो रोयल पु-याई क्यासिनोसँग कमिशन लिन थाले । जुवाडेले हारेको रुपैयाँ बराबरको १० प्रतिशत रकम क्यासिनोले उपलब्ध गराउन थालेपछि सापकोटाको आयश्रोत बढ्न थाल्यो । सापकोटाले मिट्ठारामलाई जुगलमा बोलाउने, जुवा खेलाउने र नशाको सुरमा मिट्ठारामले दिनभर सिमेन्ट बिक्री गरी जम्मा गरेको पैसाको झोला बोग्दै रोयल क्यासिनो धाउने उनीहरुको दिनचर्या बन्न थालेको थियो ।

नशाको सुरुमा मिट्ठारामले १० लाख हारेपछि सबै पैसा हारिसकेको भन्दै सापकोटाले मिट्ठारामसँग भएको अन्य पैसा लुट्ने गर्दथे । र लुटेको पैसा पुनः सापकोटाले मिट्ठारामलाई व्याजमा लगाउन थाले । उनले एक जना दाइबाट पैसा व्जाजमा लिएकोे भन्दै मिट्ठारामबाटै ब्जाज असुल्न थाले । यो धन्दा उनले अरु जुवाडेहरुसँग पनि गरे र उनी रातारात करोडपति बन्न सफल भए ।
 
यस्तो छ अहिलेको जीवनी
 
शुरुमा क्याबिन रेष्टुरेन्टमा गाडको कामबाट गुजारा चलाउँदै काठमाडौंमा बस्न थालेका सापकोटा अहिले अधिकांस समय राजधानीका पाँचतारे होटलमा बिताउने गर्छन् । ठूला व्यापारीसँग उनले सय, दुई सय करोडका व्यापार गर्ने गफ दिन्छन् । उनी एक साता काठमाडौंमा भए अर्को साता दिल्ली त कहिले बंगलादेश पुग्छन् । यहि बर्ष उनले बंगलादेशको राजधानी ढाकामासमेत क्यासिनो खोलेका छन् । उक्त क्यासिनो उनका भाई मिलन सापकोटाले हेर्दै आएका छन् ।

अकुत सम्पत्ति थुपारेको आरोपमा सापकोटामाथि नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो (सिआईबी) ले छानबिनको पक्रिया अगाडि बढाएपनि टुङ्ग्याउन भने सकेको छैन् । तत्कालिन सिआईबीका डिआईजी राजेन्द्रसिंह भण्डारीले गुण्डाको अकुत सम्पत्ति छानबिनको थालनी गरेका थिए । अनुसन्धान पुरा भएका पाँच डनका मुद्दा अदालतमा पु¥याएपनि थपको भने सिआईवीले दर्ता गर्न सकेको छैन् ।

 स्रोतका अनुसार डिआईजी भण्डारीको सरुवा भएपछि अन्य गुण्डा र दलालले दशंै मनाएका थिए । पछिल्लो समय सिआईबीमा आउने प्रमुखले गुण्डाका फाईललाई अगाडि बडाउन सकेका छैन् । सापकोटा लगायतका एक दर्जन गुण्डा र दलालको बयान लिने काम सम्पन्न भएपनि राजनीतिक दबाबका कारण प्रहरीले थप अनुसन्धान गर्न सकेको छैन् । सापकोटा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।  
यसरी बन्द भयो क्यासिनो
 
राजधानीकोे मुटु दरबारमार्गको याक एण्ड यति होेटलमा सञ्चालित क्यासिनो रोयल बन्द भएको छ । होटलले सम्झौंता अनुसारको भाडा चुक्ता नगरेको दाबी गर्दै सम्झौता खारेज गरी क्यासिनो बन्द गराउन गत साता जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो । क्यासिनोले बिगत ६ बर्ष देखी अहिले सम्मको गरी भाडा वापतको ३२ करोड रुपैयाँ नतिरेको होटलको दाबी छ । होटलको तर्फबाट प्रशासन कार्यालय पुगेका दिनेश मोक्तानलाई सिंहले गुण्डा प्रयोग गरी प्रशासन कार्यालय परिसरमै गाली गलौजका साथै कुटपीट गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यलयका प्रमुख एकनारायण अर्यालले तत्काल क्यासिनो बन्द गर्न आदेश दिएका थिए ।

क्यासिनो बिक्री गर्ने भन्दै सिंह दाजुभाईले एक बर्षको अबधिमा आधा दर्जन समूहसँग पैसा असुलेको उजागर हुन थालेको छ । पछिल्लो समय सिंह दाजुभाईले भारतीय मुलका व्यापारी आषिश पटेलसँग क्यासिनो बेच्ने नाममा १० करोड असुलेको कुरा यतिखेर खुलेको छ । दुई महिना अघि मात्र सिंह दाजुभाईले २० करोड रुपैयाँ क्यासिनोको मूल्य राखी पटेलसँग १० करोड असुल्न सफल भएका थिए । पटेलको सोझोपनको फाईदा उठाउँदै सिंह दाजुभाईले दुई साता देखि गुण्डा परिचालन गरी पटेललाई क्यासिनो समेत छिर्न नदिएको क्यासिनोका कर्मचारी बताउँछन् ।

सिंह दाजुभाईले क्यासिनो सञ्चालन गर्ने नाममा ठगी धन्दा सुरु गरेको कुरा होटल मालिक सर्राफले थाहा पाएपछि उनले पटेललाई समर्थन गर्दै क्यासिनो सदाको लागि बन्द गराउने निर्णय गरेका हुन् । होटलकोे निबेदन माथि प्रशासन कार्यालयले सुनवाई गर्दै कानून सम्मत रुपमा सम्झौंता खारेज गरेपछि दुई साता अघि क्यासिनोको होडिङ बोर्ड हटाइएको छ । क्यासिनो बन्दसँगै सयौं मजदुरको करोडौं रुपैयाँ पारिश्रमिक गुमेको छ भने उनीहरु बेरोजगार बन्न पुगेका छन् ।

उता सिंह दाजुभाईले भने पूर्ब राजाको ज्वाँई हुँ भन्दै क्यासिनो बिक्री गर्ने नाममा असुलेको रकमको हिसाब किताब नगरी उल्टै व्यापारीलाइ थर्काउन थालेका छन् । सिंह दाजुभाईले पटेललाई बिक्री गर्नु अघि एक एक चिनीयाँ समूह र भारतिय मुलका जितु भाईसँग गरी तिन तिन करोड असुलेको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments