Subscribe Us

यि हुन सेना र प्रहरीमा जागिर लगाई दिन्छु भन्दै लाखौं ठग्ने ठग

काठमाडौं । नेपाली सेना र प्रहरीमा जागिर लगाई दिन्छु भन्दै सर्बसाधारणको लाखौं रुपैंया ठगी गर्ने दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा आरुपोखरी ९ घर हुने परियारलाई बुधवार माहनगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

परियारले पर्वत कुस्मा बस्ने कुमार परियार, अजय परियार, सुदिप परियार र सिता सापकोटालाई आफुले नेपाली सेना र प्रहरीका उच्च तहका अधिकृतलाई चिनेको छु  भन्दै जागिर लगाई दिने प्रलोभनमा पारी लाखौं रुपैंया ठगी गरेको अनुसन्धानबाट खुलासा भएको छ । 

परियारले बिभिन्न व्यक्तिबाट ११ लाख १० हजार लिई ठगी गरेको महाशाखाले जनाएको छ ।  परियारलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाईएको महाशाखाले जनाएकोे छ ।

Post a Comment

0 Comments