Subscribe Us

गुण्डाका नाईके बरुण हत्या आरोपमा पक्राउ

काठमाठौं । हत्या अभियोगमा फरार रहेका दोलखाका बरुण लामालाई प्रहरीले पक्राउ गरेको छ । ५ बर्षदेखी फरार लामालाई महानगरीय आयुक्तको कार्यालय रानीपोखरीबाट खटिएको बिषेश टोलीले पक्राउ गरेको हो । 

चाबहिलको गोपीकृष्ण हलमा २०६७ मा लामाको समुहले श्याम मगर मगरको हत्या गरी फरार भएका थिए । 

तत्काल घटनामा संलग्न संञ्जय लामा प्रहरीको फन्दामा परेपनि मुख्य योजनकार बरुण भने फरार भई लुकुछिपी बसेका थिए । आयुक्त कार्यालयका प्रहरी नायब निरक्षक माताप्रताब थापाको टोलीले बरुणलाई मंगलवार दिउँसो चाबहिलबाट नियन्त्रमा लिएको हो । 

उनका सहयोगी संञ्जय लामा भने हाल उक्त अभियोगमा नख्खु कारागारमा सजायाँ काटिरहेका छन् । 
बरुणले दोलखाका हाईडो पावर, ठेक्का क्रसर, ढुंगाखानीबाट अबैध रुपमा मासिक खादै आएको प्रहरीले जनाएको छ । 

 मगर हत्यापछि बरुणले राजधानी छाडेर दोलखालाई आफ्नो आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । स्रोतका अनुसार बरुणलाई मैतीदेबी क्षेत्रका लुटेराका नाईके तथा  डिल्लीबजारका नरेश बुढाथोकीको हत्यारा अभिमान सिंह बस्नेतको समुहले अपराधमा सहयोग गर्दै आएको छ ।

Post a Comment

0 Comments