Subscribe Us

प्रमाणित गरिदेऊ, नत्र वेश्या भन्नेलाई फाँसी देऊ

 सावित्री सुवेदी / 
 खै कहाँबाट लेख्न सुरु गरि कहाँ गएर अन्त्य गरौं । म धरै नै दु:खी छु आज कि राज्यले कथित डा.सीके राउतलाई निर्दोष भनेर छोडीदिँदा । आज हाम्रो चरित्रमाथि औला उठाउँदा पनि राज्य चुप लागेर बसिरहेको छ । म सरकारसँग प्रश्न गर्न चाहान्छु कि राउत जस्तो राष्ट्रद्रोहीलाई मुसो–विरालोको खेलमा भाग लिन लगाएर किन नायक स्थापित गर्न खोजिदै छ ? मुलुकको प्रधानमन्त्री भएपछि गरेका बाँचा त निभाउन सकेनौं सरकार, कमसेकम देशद्रोहीको साथ त नदेऊ । जो मधेश टुक्राउँछु भन्दै भारतको चम्चागिरी गर्ने राष्ट्रघाती हो । जसले हामी डेढ करोड नारीमाथि अन्याय गरिरहेको छ कि हामी बेश्या हौं रे ।

हुन त महिलालाई बेश्या बनाउन खोज्ने पनि यहि पुरुष समाज हो । एक दुई जना महिलाले मजबुरीको नाममा गरेको गल्तीका कारण कसरी सम्पूर्ण महिलालाई बेश्या भन्न मिल्छ ? यो मुलुकका सम्मानिय राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्री तथा सभासद्हरु π कृपया महिलामाथि भएको अन्यायपूर्ण ब्यबहारको छानविन गरियोस् । समाजमा बर्षौदेखि मिलेर बसेका मधेसी, पहाडी र हिमाली जनताबीच फुट ल्याएर जातिय सदभाव् खलबलाउन खोज्ने, लैङगीक भेदभाव गर्ने, समाजलाई भड्काएर द्धन्द्ध सृजना गर्न खोज्ने सीके राउत जस्ता देशद्रोहीलाई कडा भन्दा कडा कानूनी कारबाही गरियोस् । के हामी नारी भएर जन्मनु अपराध हो ? आज म उत्तर खोजिरहेको छु ।

 प्रत्येक नारी दु:खी र पीडित बनेका छन् सीके राउतको घृणित शब्द र व्यवहारले । कि यो देशमा जसले जे बोले पनि छुट छ ? आज मलाई प्रश्न गर्न मन लागेको छ कि सरकार किन पछि हटिरहेको छ सीके राउत जस्तो मानसिक रोगीको उपचार गर्नलाई ? जसले नेपालको ईतिहास पढेको छैन, जसलाई नेपालको उत्पत्ति र भूगोलबारे कुनै ज्ञान छैन, त्यस्तो मान्छे आज मधेसमा छुट्टै राज्यको वकालत गर्दै हिडिरहेको छ । त्यो मधेस कुपुत्रलाई के था कि नेपाल संघिय गणतन्त्रमा जानुअघि पनि यो मुलुकमा करिब आधा दर्जनले राजाकै हैसियतमा भत्ता खाँदै आएका थिए । के अब ति राजाहरुले आ–आफ्नो जिल्लामा छुट्टै देश माग्न थाले भने दिने त ? 
हुन त, राज्यलाई टुक्रा टुक्रा पार्छु भन्दा त नबोल्ने सरकारले हामी नारीको चरित्र हत्या गर्नेलाई कारबाही गर्ला भन्नेमा आश छैन्, त्यसैले मैले यो सरकारबाट सीके जस्तालाई फाँसीको सजाँय कल्पना पनि गर्न सक्दिन । सरकारले सक्दैन भने जनता फाँसी दिन तयार छन्, यो कुरा सरकारले बुझे हुन्छ । त्यस्ता मानसिक रोगीको उपचार गर्नलाई राज्यको कानून र अधिकारले रोकेको छ भने हामी जनतालाई भन्नु पर्‍यो सरकार । त्यस्ता मानसिक रोगीको कसरी उपचार गर्नु पर्छ, जनतालाई ज्ञात छ । चाहे त्यो मधेसमा बसोबास गरोस्, हिमालमा वा पहाडमा, सबैभन्दा पहिले हामी नेपाली हो । कुनै वाद, धर्म, जाती र आस्था भन्दा माथि राष्ट्र हुन्छ । राष्ट्र भन्दा माथि कुनै पनि कानून, अधिकार र धर्म वा जात हुन सक्दैन । म एउटा मधेसीकी छोरीले पाएको ज्ञान र पढेको शिक्षा पनि यही हो । 

र, यदि यो भन्दा माथि उठेर कोही मुलुकलाई टुक्राउँछु भन्छ भने त्यसलाई मार्न कुनै कानूनले छेक्दैन । कुनै पनि आमनागरिकले त्यस्ता ब्यक्तिलाई मार्न सक्छ । म मर्न तयार छु तर सीके राउत जस्तो ढोंगीको कुरा पत्याउन तयार छुईन् । ज्यानको बाजी लगाउँछु, लुटिन तयार छु तर मुलुकलाई लुट्न म दिनेवाला छैन । आधा आकाश ढाकेका नारीलाई न्याय दिनबाट पछि हट्नेवाला छैन् । अब आफ्नै आमालाई रण्डी भन्दै विदेशीको ईसारामा नाच्ने देशद्रोहीलाई मधेसी जनताले नै तह लगाउनेमा दुविधा पनि छैन । नत्र कारबाही गर्न किन खुट्टा कमाउदै सरकार ? मलाई जवाफ चाहिएको छ ।

 देशद्रोहीलाई खुलेआम हिड्ने अधिकार अनि यो मुलुकको माया गर्ने जनतालाई चाहिं किन कानूनको परिधिमा बाध्ने सरकार ? मधेस टुक्राउँछु भन्दै आन्दोलन गर्ने अपराधीलाई जेलमा कोच्न नसक्ने सरकार, प्रहरी र सेनाको अब औचित्व के ? वा संविधानको कुन धारा, उपधाराले देशद्रोहीलाई खुलेआम हिड्ने अधिकार दिएको छ ? मैले नबुझेकी हुँ भने मलाई प्रष्ट पारिदेऊ सरकार π एउटा सामान्य व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा झुँसे सरकार मूर्दावाद भनेकै भरमा जेलको हावा खुवाउने तर डेढ करोड नारीलाई वेश्या भन्ने र नेपाल आमालाई रण्डी भन्ने पागलको किन उपचार नगर्ने ?
मधेसमा द्धन्द्ध फैलाउन उद्यत नेपाली दाजुभाईबीच फाटो ल्याउने काममा सक्रिय रहेको जसले ‘नेपाल हाम्री आमा होइनन, यो त हाम्रो रगत चुस्ने बोक्सी हो, निर्लज्ज रण्डी हो, जो विदेशीसँग हरेक दिन संभोग गर्छे र विहान आफ्नो कौमार्यको अभिमान गर्दै हिड्छे’ भन्दै खुलेआम नेपाल आमाको अस्मिता लिलामी गरिरहेको छ, त्यसलाई फाँसी भन्दा एक ईन्च पनि कम सजाँय हुनुहुन्न भन्ने मेरो माग हो । डेढ करोड नारी जातीको माग हो । समग्र नेपालीको माग हो । कुनै जमानामा काठमाडौं मन्दिरहरुको शहर थियो तर अहिले वेश्याहरुको शहर भएको बताउँदै हिडेको छ, कथित त्यो डाक्टर ।
 
 के त्यस्तो अपराधीलाई कानूनी दायरामा ल्याउने कुनै माध्याम छैन ? म डेढ करोड नारीको तर्फबाट विनम्र अनुरोध गर्छु कि सरकार सीके राउत जस्तो पागल ब्यक्तिलाई यथासिघ्र उपचार गर ! उपचार केबल फाँसी मात्र हुन सक्छ । नत्र डेढ करोड नारी कसरी बेश्या भए ? प्रमाणित गरिदेऊ । प्रमाणपत्र देऊ । मलाई आशा त छैन, नारी र देशप्रति औला उठाउने राष्ट्रघातीलाई फाँसी हुनेमा । त्यो पनि गर्न सक्दैनौं भने विद्यमान कानून अनुसार कडा भन्दा कडा कारवाही गर सरकार, कारबाही गर्ने कुनै मार्ग छैन भने मलाई भनिदेऊ सरकार, त्यो राष्ट्रघातीलाई सिध्याउन म आफै हतियार उठाउन तयार छु ।
 
 मलाई मेरो ज्यानको भन्दा बढी नेपालको माया छ । मधेसको नक्सा, झण्डा, राष्ट्रगान र सेना तयार पार्दै खुलेआम हिड्ने राउतलाई कारबाही गर्न सक्दिन मात्र भन सरकार, त्यस्ता पागलको उपचार गर्न गर्न तीन करोड जनता तयार छ । हुन त, सीके राउतसँग मेरो कुनै पनि ब्यक्तिगत दुश्मनी छैन । तर पनि नेपाल आमा र नारीको चरित्र हत्या गरेकाले उसलाई फाँसी अनिवार्य हुनुपर्छ भन्छु । डेढ करोड नारीको आवाज यो छ कि हामीलाई वेश्या प्रमाणित गरिदेऊ, प्रमाणपत्र देऊ, नत्र भने वेश्या भन्नेलाई फाँसी देऊ ।

Post a Comment

0 Comments