Subscribe Us

डन बाहुनले थर्काए महर्जन डनलाई

 

लिलितपूरं । गत सोमवार आफ्नो दलबलसहित जिल्ला अदालत लिलितपूर पुगेका डन मिनकृष्ण महर्जनलाई डन सुजन पौंडेल उफ रमेश बाहुनले थर्काएका छन् । पेश्कीको दिन अदालतमा आफ्नो दलबलसहित पुगेका महर्जनलाई देख्नसाथ बाहुनले अपशब्द प्रयोग गर्दै गाली गरेका हुन । 


अदालतलाई दबाब दिन दुई दर्जन टोले गुण्डाको साथ अदालत परिसर छिरेका महर्जनलाई प्रहरी सुरक्षामा रहेको बाहुनले तँ मा ............  ले के गर्छस ? तैले सकेको गर । यादराख बाहुन सधै जेल बस्दैन भन्दै गाली गलोज गरेको महर्जन निकट स्रोतले बतायो । उक्त दिन अदातलमा बाहुन बिरुद्ध लागेको ज्यानमार्ने उद्योग मुद्दाको पेश्की थियो । अदालतले बाहुनलाई सफाई दिला भनेर महर्जनले दुई दर्जन टोले गुण्डा बोकेर अदालतमा दबाब दिन पुगेको स्रोतको दाबी छ । 

बाहुन वान्टेड र जेल चलान भएपछि ललितपूरमा महर्जन समुहले राज गर्दै आएका छन् । तिन बर्ष अगाडी तिन अरबकोे निमार्ण सम्बन्धी टेण्डरमा महर्जनले मिलाउन लागेको टेण्डर बाहुनले प्रतिस्पर्धा गरी बिगारेपछि उनिहरुको सम्बन्धमा चिसो पसेको थियो । त्याहाबाट सुरु भएको वार अन्ततः गोली चलाउने सम्म पुगेको थियो । एक बर्ष अगाडी ललितपूरमै भएकोे ३२ करोडको टेण्डरमा महर्जनले बाहुन र आफ्नो नाममा भन्दै दुई प्रतिशत कमिशन ठेकदारसँग लिएर आफै खाएपछि बाहुनले गोली चलाएको ठेकदार सर्कलमा चर्चा चलेको छ ।

 तत्कालिन जिल्लाका निर्माण संघका अध्यक्ष सानु लामा र महर्जनले मिलेर अन्य ठेकदारलाई डन बाहुन र आफूलाई एक एक प्रतिशत भन्दै रकम छुट्याएको तर बाहुनलाई नदिए आफैं खाएपछि बाहुनले मर्हजनलाई गोली प्रहार गरेको महर्जन निकट एक ठेकदार बताउँछन् । हाल बाहुन मुद्दा पुर्पक्षको लागी केद्रिन्य कारागार सुनथारामा छन् । उनि बिरुद्ध लागूऔंषध, हातहतियार खरखजना, ज्यानमार्ने उद्योग लगाएका आधा दर्जन मुद्दाकोे अभियोग लागेको छ ।

Post a Comment

0 Comments