Subscribe Us

प्रहरीबाट बच्न मरेको नाटक मञ्चन गर्दै युनिटीका ठग दाजुभाई


काठमाडौं । युनिटी ठगी पक्ररणका मुख्य नाईके मानिएका कुष्ण क्षेत्रीले आफ्नै भाईको हत्या भएको भन्दै प्रोपागाण्डा मच्चाएका छन् । उनले आफ्नो समाजीक सञ्जाल फेसबुक वालमा भाई बिष्णु क्षेत्रीको मंगलवार बेलुका ५ बजे ललितपूरको  भैँसीपाटीमा गोली हानी हत्या गरीएकोे भन्दै वालमा रगतले लत्पतिएको तस्वीर समेत पोष्ट गरेका छन् । सर्बसाधारणको अर्बौ रुपैँया ठगी गरेको खुलासा भएपछि क्षेत्री दाजुभाई प्रहरीको मोष्ट वान्टेड सुचिमा थिए । भाई बिष्णुको गोली हानी हत्या गरेको दाबी कृष्णले गरेपनि ललितपूर प्रहरीले भने कसैको गोली प्रहार हत्या नभएको जनाएको छ ।

तर, फेसबुकमा मृत शरीरको तस्वीर सार्वजनिक गर्दै कृष्णले आफू पीडामा रहेको बताएका छन् । आफू पनि विदेशमै रहेका कारण घटनाबारे विस्तृत विवरण पाउन नसकेको उनको दाबी छ । पर्वतका कृष्णबहादुर र विष्णुबहादुर क्षेत्री युनिटीका संचालक हुन् । उनीहरु दुवै जना फरार छन् । विष्णुबहादुर युनिटीका प्रबन्ध निर्देशक थिए । बहुचर्चित युनिटी लाइफ काण्डमा सर्वसाधारणको ३ अर्ब ७९ करोड बढी रकम फसेको थियो ।

युनिटीका एक सदस्यले भने प्रहरीबाट जोगिन क्षेत्री दाजुभाइले नाटक गरेको दाबी गरेका छन् । किनकी घटना निकै शंकास्पद देखिएको छ । मंगलबार साँझ ५ बजेको घटना भनिए पनि यो घटना कतै सार्वजनिक भएको छैन् । न त प्रहरीले नै यसको आधिकारिक जानकारी दिएको छ । विष्णुका दाजु कृष्णले फेसबुकबाट मात्र सार्वजनिक गरेकाले उनको यो अर्को प्रोपागाण्डा हुन सक्ने अनुमान समेत गरिएको छ ।

Post a Comment

0 Comments